तेलुगू सुपरस्टार गोपीचन्दसँग फिल्म खेल्दै परमिता

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाली अभिनेत्री परमिता आरएल राणाले तेलुगू चलचित्रमा काम गर्ने मौका पाएकी छिन्। ‘चपली हाइट २’ बाट नेपाली चलचित्रमा डेब्यू गरेकी बोल्ड अनि सुन्दरी परमिताले टलीवुडका सुपरस्टार गोपीचन्दसँग स्क्रिन सेयर गर्न लागेकी छिन्। नाम नतोकिएको तेलुगू चलचित्रमा उनले मुख्य भूमिकामा रहि गोपीचन्दसँग जोडी बाँध्नेछिन्। उनले पहिलो पटक गर्न लागेको तेलुगू चलचित्रको शुक्रबार हैदरवादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ। निकै ठूलो बजेटमा निर्माण हुने यस चलचित्र बिनु सुब्रह्मण्यमले निर्देशन गर्नेछन् भने विभिएसएन प्रसादले चलचित्रमा लगानी गर्दैछन्। यही चलचित्रबाट सुब्रह्मण्यमले निर्देशनमा डेब्यू गर्न लागेका हुन्। एक्सन थ्रिलर जनरामा निर्माण हुने चलचित्रको छायांकन अर्को वर्षको जूनबाट सुरु हुने बताइएको छ ।

पछिल्लो पटक चलचित्र ‘चंगाचेट’मा देखिएकी अभिनेत्री परमिता तेलुगू चलचित्रमा काम गर्ने मौका पाएकोमा आफू निकै खुशी,उत्साहित रहेको र गर्व महशुस गरेको बताएकी छिन्। उनले गोपीचन्दसँग चलचित्रको मुहूर्तको तस्वीर फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्, 'एक्सन अभिनेता गोपी चन्दसँग प्रतिष्ठित एसवीसीसी चलचित्र ब्यानरबाट मेरो पहिलो तेलुगू चलचित्रमा समान पर्दा साझेदारी गर्न पाउँदा आफूलाई सम्मानित महशुस गरेकी छु।’नेपाली चलचित्र क्षेत्रमा आफूलाई एक स्थापित अभिनेत्रीको रुपमा चिनाउँन संघर्ष गरिरहेकी परमिता एक राम्रो गायिका पनि हुन्। उनले गाएका गीत दर्शक श्रोता माझ लोकप्रिय छन् । तर उनले अभिनय गरेका चलचित्र कुनैले पनि बक्सअफिसमा राम्रो व्यापार गरेका छैनन् । तर उनको अभिनयले भने निकै चर्चा पाउँने गरेको छ । अब उनी तेलुगू चलचित्रमा स्थापित हुने सोचमा देखिएकी छन् । परमिताको नयाँ नेपाली चलचित्र ‘द कर्मा’ प्रदर्शनको तयारीमा रहेको छ ।

https://www.facebook.com/paramitap/posts/10156256405205870