आयुष्मानको ‘ड्रीम गर्ल’ले तोड्यो रेर्कड!

मुम्बई,एजेन्सी ।

बलिउड निर्देशक राज शान्डिल्य निर्देशित चलचित्र ‘ड्रीम गर्ल’ले बलिउड बक्सअपिसमा आक्रमक व्यापार गरिरहेको छ। गायक तथा नायक आयुष्मान खुरानाको यस नयाँ चलचित्रले धेरै कमाई गर्ने रेकर्डमा आफ्नो नाम टपमा राख्न सफल भएको छ। सकारात्मक प्रतिक्रिया पाइरहेको यस ‘ड्रीम गर्ल’मा बिशेषगरी आयुष्मानको अभिनयलाई बढी रुचाइएको पाइएको छ। ‘ड्रीम गर्ल’ आयुष्मानको सबैभन्दा धमाकेदार ओपनिङ गर्ने चलचित्र बनेको छ ।

पहिलो दिनमै भारतमा १० करोड ५ लाख कमाउँदै चलचित्रले बम्पर ओपनिङ गरेको हो। ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै यस बारे जानकारी यसबारे दिएका हुन्। आयुष्मानको ‘ड्रीम गर्ल’ मिडियम लगानीमा निर्माण भएको र लिस्टमा ठूलो ओपनिङ गर्ने चलचित्र साबित भएको छ। त्यसैगरी बम्पर ओपनिङ गर्ने दोस्रो लिस्टमा विक्की कौशलको 'उरी: द सर्जिकल स्ट्राइक' छ भने तेस्रोमा कार्तिक आर्यनको चलचित्र 'लुका छुप' छ। 'उरी'ले शुरुदिनमा ८ करोड २० लाख कमाएको थियो भने 'लुका छुपी'ले शुरुदिनमै ८ करोड १ लाख कमाएको थियो। यो दुबै चलचित्रलाई उछिन्दै ‘ड्रीम गर्ल’ पहिलो नम्बरमा पर्न सफल भएको छ ।

पहिलो दिननै १० करोडको व्यापार गर्ने आयुष्मान यो पहिलो चलचित्र हो। यसअघि बम्पर ओपनिङ गर्ने चलचित्रको लिस्टको टपमा 'बधाई हो'ले स्थान पाएको थियो। तर यस चलचित्रलाई उछिन्दै ‘ड्रीम गर्ल’ले पहिलो स्थान ओगटेको छ। 'बधाईहो'ले पहिलो दिन ७ करोड ३५ लाखको व्यापार गरेको थियो।