सुदिप र कुशिका ‘मोडल हन्ट नेपाल’

...

<pre style="text-align: justify;"><b>आर्टिष्ट खबर / भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify;">बेनिलि मोडल हन्ट नेपाल २०१९’मा सुदिप वस्ती र कुशिका प्रसाइ बिजेता बनेका छन्। पाल्पा रामपुरका २३ बर्षिय सुदिपले २९ प्रतियोगी र काठमाडौ कपनकी १८ बर्षिया कुशिकाले २६ प्रतियोगीलाई पछि पार्दै ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को शिर्ष उपाधि चुमेका हुन्। शनिबार होटल सोल्टीको प्रेक्षालयमा साँझ आयोजित अन्तिम प्रतिस्पर्धामा शिर्ष विजेता बनेका दुबैले चाइनामा हुने सुपर मोडल ग्लोव, लक्जरी ब्राण्ड मोडल अवार्ड, मिस्टर एण्ड मिस मोडल वल्र्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एसिया लाइस्टाइल विक लगायत अन्तर्राष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न अवसर समेत प्राप्त गरे ।&nbsp;</p><p style="text-align: justify;">साजसज्जा सहितको भब्य मन्चमा फेसनमय बातावरण सहित आयोजित प्रतियोगीतामा सम्सद शाह, ख्याति शर्मा फस्टरनर अप र अमन शाह, एलिना भुजु सेकेन्ड रनर अप चुनिए । यो संस्करणसम्म आउदा प्रतियोगिताको प्रस्तुतिकरण र आयोजनालाई झनै परिष्कृत र स्तरीय बनाउन आफु सफल भएकोमा आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले खुशी व्यक्त गरे । परमिता राणा (अभिनेत्री मोडल), उषा खड्गी (पुर्व मिस नेपाल), सृजना रेग्मी (मोडल नायिका), दलजित सुदान (अन्तराष्ट्रिय फेसन डिजाइनर), अभिमन्यु सिंह तमोर ( अन्तराष्ट्रिय फेसन कोरियोग्राफर) प्रतियोगिताको निर्णायकमा रहेका थिए ।</p><div style="text-align: justify;"><br></div>