१२ दिनमा ‘छिछोरे’को कमाई सय करोड

मुम्बई,एजेन्सी ।

बलिउड चलचित्र ‘छिछोरे’ प्रदर्शन भएको दोस्रो हप्तामा पुग्दा यसले आक्रामक ब्यापार गरिरहेको छ । यो चलचित्रले १२ दिनमा सय करोड माथिको कलेक्सन गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शको ट्वीट हेर्ने हो भने बुधबारसम्म भारतीय बक्सअफिसमा १ सय २ करोड १९ लाखको व्यापार गरेको छ । चलचित्रमा अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूरको मुख्य भूमिका रहेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटरमा ‘छिछोरे’ को १२ दिने कमाई सार्वजनिक गरेका छन् । उनका अनुसार, बुधबारसम्म भारतीय बक्सअफिसमा फिल्मले १ सय २ करोड १९ लाखको व्यापार गर्न सफल भएको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्मले २ अक्टोबरसम्म बक्सअफिसमा आफ्नो दबदबा कायम गर्ने उनको दाबी छ।

‘दंगल’ निर्देशक नितेश तिवारीले यो फिल्मको निर्देशन गरेका हुन् । यसमा सुशान्त र श्रद्धाका अलावा वरुण ग्रोवर, प्रतीक बब्बर, ताहिर राज भसीन, नवीन पोलीशेट्टी, नलनीश नीललगायतका कलाकारहरुको अभिनय छ । यो फिल्ममा कलेजका साथीहरुको कथा देखाइएको छ । जसमा प्रेम, रिस, ह्यूमर, दुःख र मोजमस्ती सबै छ। ‘छिछोरे’ लाई बक्सअफिसमा सुपरहिट मानिएको छ । यो फिल्मबाट साजिद  नाडियाडवाला र फक्स स्टार स्टूडियोजले पुनः एकपटक सहकार्य गरेको हो । ‘ड्रीम गर्ल’ र ‘छिछोरे’ को कमाई भन्छ कि कन्टेन्ट नै सबैथोक हो । कम प्रमोसनका बावजूद पनि कसरी मीडियम बजटको फिल्मले राम्रो विजनेश गर्न सक्छ भन्ने यी दुई फिल्म गतिलो उदाहरण हुन् ।