बानेश्वरमा सुविधायुक्त ‘वान सिनेमाज’ हल सञ्चालनमा

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

नयाँ बानेश्वरमा सञ्चालनमा आएको नवनिर्मित आइप्लेक्स मलमा मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमका बिच पर्यटनमन्त्री योगेश भट्टराईले ‘वान सिनेमाज’ नाम दिइएको हलको उद्घाटन गरे। ‘वान सिनेमाज’ हलमा ४ सय १० दर्शक क्षमताका दुई अडिटोरियम छन् । हलमा पहिलो चलचित्र प्रदर्शनमा आजबाट प्रदर्शनमा आएको ‘कबड्डी कबड्डी कबड्डी’ देखाइनेछ । हलमा फोके प्रविधि अपनाइएको छ । उद्घाटन समारोहमा कलाकार रेखा थापा, दीपाश्री निरौला, श्वेता खड्का, जसिता गुरुङ, धिरज मगरलगायतका कलाकारहरुले हल अवलोकन गरेका थिए ।

बिहीबार फिल्मकर्मी र पत्रकारलाई हलमा थ्रीडी र टुडीको भिजुअल डेमो पनि देखाइएको थियो। ‘वान सिनेमाज’ हलमा सुतेर फिल्म हेर्न चाहने दर्शकका लागि त्यही अनुरुपको सिट पनि राखिएको छ । हलका सञ्चालक तथा फिल्म निर्माता प्रभुका छोरा प्रज्वल राणाले दर्शकलाई फरक रुपमा फिल्म हेर्ने अनुभव लिनका लागि यस प्रकारको सिट राखिएको बताए । हल अवलोकन गर्न पुगेका आगन्तुकले कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राईले तीन महिनामा डिजाइन गरेको फुड कोर्ड निकै रुचाएका थिए ।