‘छ माया छपक्कै’ ट्रेलर:आधा उमेर कम केकीसँग दीपकराजको प्रेम (ट्रेलर)

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

‘छक्का पञ्जा’ टीमद्दारा निर्मित चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार बानेश्वरमा भर्खरै उद्घाटन भएको ‘वान सिनेमाज’ हलमा पत्रकार सम्मेलन गर्दै निर्माण टीमले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलर राजनीतिक द्वन्द्व भरिएको छ साथै राजनीति गरेर प्रेममा पार्ने प्रभावलाई ट्रेलरले देखाएको छ ।ट्रेलरका अनुसार मुख्य भूमिकामा रहेका कलाकार दीपकराजको प्रेम आफूभन्दा आधा उमेर कम युवती केकी अधिकारीसँग हुन्छ। केदार घिमिरेको भूमिका भने कमेडी रहेको छ।

असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र दीपेन्द्र लामाले निर्देशिन गरेका हुन् । उनलाई निर्देशनमा दीपाश्री निरौलाले सहयोग गरेकी छिन् । दीपकराज  र केकीको अलवा चलचित्रमा जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट,अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको अभिनय छ। निर्देशक लामाकै कथा रहेको चलचित्रमा दीपकराज गिरीको पटकथा रहेको छ भने संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल रअभिमन्यू निरवीले सघाएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । रोहित अधिकारीले निर्माण गरेको चलचित्रमा हरि हुमागाइँको छांयाकन र विपिन मल्लको सम्पादन रहेको छ ।

Trailer: