आर्टिष्ट खबर/असोज,काठमाडौं ।

अनुप ओझाको दोस्रो गीत ‘संसारै बैमानी’ सार्वजनिक गरिएको छ। अघिल्लो वर्ष ‘वारीको डाडामा म’ सार्वजनिक गरेका पत्रकार अनुपले यसपटक ‘संसारै बैमानी’ लिएर आएका हुन् ।अनुपको अघिल्लो गीतमा अवसरको खोजीमा देश छोडेर गएका साथीको सम्झनामा पोखिएको थियो। गीतले परदेश पस्ने तन्नेरीहरुलाई बालापनको याद दिलाईदिएको थियो भने परदेशिएका साथी संगी सम्झेर गाउ“मै बसीरहेका तन्नेरीको मनको भाव बाहिर ल्याईदिएको थियो ।

अनुपको दोस्रो गीतमा भने दशक लामो द्वन्द्व र संक्रमणबाट गुज्रिएको नेपाली समाज, अवसरको खोजीमा विदेशीने तन्नेरी र यही उपक्रममा बैमानीको पासोमा परेर बदलिन बाध्य भएको तन्नेरीको परिवर्तन समेटिएको छ। ईमानको खडेरी परेको यो समयमा अनुपले बैमानीहरुको बोलबाला रहेको सत्यलाई गीतमार्फत अगाडी ल्याएका छन् । ईमानमा चल्नेहरु कसरी दबिएका छन र उनीहरुको ईमानमाथी नै बैमानीहरुले कसरी हिलो छ्यापीरहेका छन भन्नेबारे अनुपले यो गीतमार्फत जिवन्त चित्रण गरेका छन् । गीतको भिडियोमा फिल्म ‘हरी’का निर्देशक सफल केसी र प्रतिक गुरुङको निर्देशन छ । ५ मिनेट ३५ सेकेन्डको यो म्युजिक भिडियो म्याड हाउसले उत्पादन गरेको हो भने यसको छायांकन काठमाडौंको चम्पादेवी गाउ“को विभिन्न स्थानमा गरिएको थियो ।

म्युजिक भिडियोको कोरियोग्राफी अष्ट्रेलियामा रहेको दि नेक्स्ट नामक नृत्य समुहको नेतृत्व गरिरहेका प्रदिप लामाले गरेका हुन् भने मुर्तजा शाहको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा कलाकार बिजय बराल, प्रकाश गन्र्धव, प्रकाश दाहाल, भावना थापा, सुरज चौलागाई, दिपराज विक र गायक÷रचनाकार अनुप स्वंयमले अभिनय गरेका छन् । गीतमा भानुभक्त ढकाल र झुमा लिम्बुको स्वरले पनि साथ पाएको छ।

song:

५ आश्विन २०७६, आईतवार ०४:११