‘एकादेशको चुरीफुरीमा’ ब्यस्त पुरन थापा

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

चलचित्र ‘पिरिम पर्या छ्’, ‘कान्छी मट्याङ ट्याङ’ र ‘फेरि फेरि’का निर्माता, निर्देशक तथा अभिनेता पुरन थापा पछिल्लो समय टेलिसिरियलमा ब्यस्त छन् । उनको लेखन र निर्देशन रहेको कमेडी टेलिसिरियल ‘एकादेशको चुरीफुरी’ डिस होमको रमाइलो टिभीमा हरेक बुधबार राती साढे ९ बजे प्रशारण हुने गर्दछ।

‘दर्शकको अपार मायाका कारण अझ हौसला मिलेको छ,’ हालसम्म ४४ भाग प्रशारण भइसकेको सिरियलबारे उनी भन्छन्, ‘सिरियल निरन्तर दर्शक माझ आइरहने छ । अब नयाँ आयामहरु थपेर अझ रमाइलो बनाउने प्लान बनाएको छु ।’ ओइपिएल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘एकादेशको चुरीफुरी’मा लय संग्रौला, लक्ष्मीगिरी, रमेश मट्टारे, दमन रुपाखेति, पुरन थापा, मुकुन्द मैनाली, मोहन कृष्ण श्रेष्ठ, मनिषा रायमाझी, कविता खड्का, प्रबेश भट्ट, सुपा खनाल, निशा थापा, सबिता दनाइ, छायाँ भुजेल, अन्जु बिश्वकर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । सुरेश बज्राचार्यको छायांकन, गौतम राज खड्काको सम्पादन, बिनोदकुमार भुजेलको संगीत संयोजन र जीवनपासाको श्रृंगार रहेको सिरियलले नेपाली जनजीवनका सुक्ष्म पक्षहरुलाई हास्यात्मक रुपले प्रस्तुतगर्ने गरेकाले सर्वप्रियभएको ठम्याइ निर्देशक पुरनको छ ।