‘एन्टी हिरो’ तत्काललै नबन्ने भएपछि ‘धुपौरे’मा जुवाडे बन्दै अनमोल

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गएको वर्ष ‘ए मेरो हजुर ३’ जस्तो सुपरहिट चलचित्र दिएका युवा स्टार अनमोल केसी हाल आफ्नै होम प्रोडक्सनको चलचित्र ‘एन्टी हिरो’को तयारीमा जुटिरहेका थिए। स्क्रिप्टमा अझै समय लाग्ने भएपछि अब यो चलचित्र तत्काल निर्माण नहुने बताइएको छ। ‘एन्टी हिरो’ तत्काल निर्माण नहुने भएपछि अनमोलले मंगलबार निर्देशक साम्तेन भुटियाको नयाँ चलचित्र ‘धुपौरे’ साइन गरेका छन्। उनले उक्त चलचित्रकालागि करीब ५० लाख पारिश्रमिक लिएर खबर बाहिएिको छ।

धुपौरे’मा उनले जुवाडेको भूमिका निर्वाह गर्ने जानकारी प्राप्त छ। यसअघि लभर ब्वाई र एक्सन अवतारमा देखिएका अनमोलले यस चलचित्रमा जुवा खेल्न माहिर एक युवकको भूमिका निर्वाहा गर्ने स्रोतको भनाई छ। अनमोलले ‘धुपौरे’मा आफ्नो च्यालेन्जिङ रोल रहेको र फरक भूमिका निर्वाहा गर्न लागेका कारण चलचित्रलाई लिएर एकदम उत्साहित रहेको बताउँछन्।

चलचित्रको कथावस्तुले आफूलाई आकर्षित बनाएको बताउँछन्। बास्तविक जीवनमै कहिल्यै जुवा नखेलेका अनमोलले चलचित्रकालागि हाल जुवा खेल्न सिकिरहेका छन्। यसै वर्षभित्र प्रदर्शनमा आउने सम्भावना रहेको ‘धुपौरे’मा अहिलेसम्म अनमोल फाइनल भएका छन्। यस चलचित्रमा पनि उनले  नयाँ अभिनेत्रीसँग रोमान्स गर्ने भएका छन्। तत्कालै निर्माण टिम अब बाँकी कलाकारको खोजीकार्यमा जुट्ने भएका छन् ।