मधुमालतीको कथा र जोगी उत्कृष्ट

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चौंथो काठमाण्डू सर्ट फिल्म फेष्टामा फिक्सन तर्फ शुभाष गजुरेल निर्देशित लघु चलचित्र मधुमलतीको कथा उत्कृष्ट भएको छ । डकुमेन्ट्री तर्फ भने दयाराम घिमिरे निर्देशित ‘जोगी’ उत्कृष्ट भयो । मधुमालतीको कथा प्रसिद्ध साहित्यकार रमेश विकलको वाल मनोविज्ञानमा आधारित कथा हो भने ‘जोगीमा राती राती फिरी लगाउँदै हिड्ने जोगीहरुको दैनिक यात्रालाई समेटिएको छ । फिक्सन तर्फ उत्कृष्ट बन्न सफल सर्ट फिल्म एवं डकुमेन्ट्रीमा उत्कृष्ट बन्न सफल डकुमेन्ट्रीले नगद राशी सहित ट्रफी र प्रमाण पत्र पाउनेछन् । छायाँछवि क्रियशनले आयोजना गरेको फेष्टामा परिच्छेद सेन निर्देशित ‘मदर’ले जुरी अवार्ड पाउन सफल भयो । यस्तै मान बहादुर बस्नेत निर्देशित ‘हलो’लाई वेष्ट कन्सेप्ट÷स्क्रीप्ट सर्ट फिल्मको अवार्ड प्रदान गरिएको छ। यस्तै दिपक थापा निर्देशित डकुमेन्ट्री श्री गुप्तेश्वर महादेव गुफाले पब्लिक च्वाइस अवार्ड हात पारेको छ । यस्तै शेखर खनाल निर्देशित विश्वकै होचा व्यक्तिको रुपमा गीनिज वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल खगेन्द्र थापा मगरको जीवनीमा आधारित सगरमाथाको प्रतिविम्ब ‘द स्याडो अफ माउन्ट एभरेष्ट’ले बायोपीक डकुमेन्ट्रीको अवार्ड पाएको छ ।

फेष्टामा हेम प्रभाष निर्देशित ‘द माक्स र पनाह अधिकारी निर्देशित आमा’लाई इन्करेजमेन्ट अवार्ड प्रदान गरिने भएको छ । फेष्टामा वरिष्ठ लेखक तथा निर्देशक मोहन निरौला निर्णायक संयोजक तथा संगीतकार एवं समिक्षक सन्तोष श्रेष्ठ र रंग पत्रकार÷समिक्षक गीता अधिकारी निर्णायक रहेका थिए । यस्तै दोस्रो सर्ट फिल्म फेष्टामा उत्कृष्ट बन्न सफल फिक्सन तर्फको सर्ट फिल्म बीबी फुयाँल निर्देशित रक्तभोग एवं डकुमेन्ट्री तर्फ उत्कृष्ट बन्न सफल रोशनी केसी निर्देशित ‘तीज’ तथा तेस्रो सर्ट फिल्म फेष्टामा उत्कृष्ट बन्न सफल फिक्सन तर्फको सर्ट फिल्म सञ्जय पाण्डे निर्देशित प्रेमदिवस एवं डकुमेन्ट्री तर्फ विकाश घले गुरुङ निर्देशित मास कोरियोग्राफ नेपाल एवं बायोपिक तर्फ मनिष पन्त निर्देशित ‘नर सिंह’ उत्कृष्ट भएका थिए। यी सबै उत्कृष्ट बन्न सफल सर्ट फिल्म एवं डकुमेन्ट्रीलाई दशैं–तिहारको बिच आयोजना हुने एक समारोहका विच अवार्ड प्रदान गरिने छायाँछविले बताएको छ ।