१२४ घण्टा ३० मिनेट पढेर मुकेशले राखे विश्व किर्तिमानी

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

बझाङका मुकेश राज जोशीले लगातार १२४ घण्टा ३० मिनेट पुस्तक पढेर विश्व किर्तिमानी राखेका छन् । यहि असोज ५ गते बिहान ११ः४० बाट पढ्न सुरु गरेका मुकेशले आज (असोज १०) गते साँझ ४ बजेसम्म पढिरहेका थिए ।

यसअघि सन् २००८ मा नेपालकै ललितपुरका दीपक शर्मा बझगाईले १ सय १३ घण्टा पढेर विश्व किर्तिमानी राखेका थिए । तर गतबर्ष मात्रै नाइजेरियाका एक नागरिकले १ सय २२ घण्टा पढेका थिए । उनको रेकर्ड भने अहिलेसम्म गिनिज बुकको अफिसियल वेवसाइटमा अपडेट देखिदैन । उक्त रेकर्ड नआउँदै मुकेशले उनको रेकर्डलाई पनि तोडेका हुन् । मुकेशले गिनिज बुक अफ द वल्र्ड रेकर्डको प्रमाणपत्र पाउनका लागी भिडियो फुटेज गिनिजको लण्डनस्थित कार्यलयमा पढाइनेछ । त्यसपश्चात मात्र उनले प्रमाणपत्र पाउन नपाउने निर्णय हुनेछ । समापन समारोहमा मुकेशले आफूले पढुन्जेलसम्म सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिए ।

आइतबार मुकेशले पुर्व गृहमन्त्री भिव रावलको प्रमुख अतित्थयतामा पढ्न सुरु गरेका थिए । साथै कलाकार पुष्कल शर्मा देखी अन्य अतिथिहरुको उपस्थिती रहेको थियो । यस्तै समापन कार्यक्रममा पनि पुर्वगृहमन्त्री रावलकै उपस्थिती थियो । नेता रावलले बझाङको युवाले यति ठुलो कामको आट गरेर पुरा गरेको भन्दै बधाई दिएका थिए । अब मुकेशसँगै विश्वले नेपाललाई नै चिन्ने छ भन्दै उनले बधाई शब्द दिए ।

यस्तै गायक पुस्कल शर्माले आफ्नो सानो सहयोगले आज मुकेशले नेपालकै नाम राखेकोमा खुसी ब्यक्त गरे । उनले आफू मुकेशको मार्गदर्शन मात्र बनेको बताउँछन् । यस्तै मुकेशको यस कार्यका लागी सम्पूर्ण ब्यवस्थापन गिनिज इभेन्ट नेपाल नामक संस्थाले गरेको हो । यसअघि उक्त संस्थाकै ब्यवस्थापनमा नेपालबाटै तीनवटा विश्वकिर्तिमानी राखिसकिएको छ । गिनिज इभेन्ट नेपालका अध्यक्ष सन्तोष लामाका अनुसार लामो समय लगाएर गरिने विश्वकिर्तिमानीका लागी धेरै प्रक्रिया हुने हुँदा आफ्नो संस्थाले त्यस्ता प्रकृतिका विश्वकिर्तिमानीका लागी ब्यवस्थापनको काम गर्दै आएको बताए ।