राजधानीमा पर्वत संगीत साँझ हुने

आर्टिष्ट खबर/ असोज, काठमाण्डौ ।

‘पर्वत कलाकार समाज नेपाल’ले राजधानीमा बिजय दशमीको अवसरमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । यहि असोज १६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘पर्वत संगीत साँझ’ आयोजना हुने भएको हो । कार्यक्रममा राष्ट्रियस्तरका दर्जनौं कलाकारहरुले प्रस्तुती दिनेछन् ।

‘कलाकार समाजका आदर्श हुन’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै समाजले पहिलोपटक सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रममा कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र बिश्वकर्मा, कस्तुप पन्त, अमृत क्षेत्री, कृष्ण समीप सुवेदी, याम क्षेत्री, प्रल्हाद सुवेदी, कुमार केसी लगायत काठमाण्डौ तथा मोफसलमा रहने पर्वते कलाकारहरुले प्रस्तुती दिनेछन् भने अतिथी कलाकारको रुपमा चर्चित लोक गायिकाहरु शर्मिला गुरुङ्ग र देवि घर्तीको पनि प्रस्तुती रहने बताईएको छ ।

‘पर्वतका सम्पूर्ण कलाकारहरुले एउटै मञ्च प्राप्त गर्ने पहिलो कार्यक्रमको रुपमा हामीले ‘पर्वत संगीत साँझ २०७६’लाई लिएका छौँ’ कार्यक्रमबारे प्रकाश पार्दै समाजका अध्यक्ष कस्तुप पन्तले भने, ‘यो कार्यक्रमले पर्वतका कलाकारलाई संसारभर रहने नेपालीहरुमाझ परिचित गराउने महत्वपूर्ण योगदान दिनेछ भने हामीबीच भाईचाराको भावना पनि जगाउने बिश्वास लिएको छु’  ।

कार्यक्रमको बारेमा आएका सकारात्मक प्रतिक्रियाले यो कार्यक्रम स्वर्णिम हुने बिश्वास लिएको समाजका महासचिव कृष्ण समिप सुवेदीले बताए । ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बिभिन्न क्षेत्रमा योगदान पु¥याउनु भएका जतिपनि पर्वतेलीहरु हुनुहुन्छ उहाँहरु सबैको साझा कार्यक्रमको रुपमा यो कार्यक्रमलाई लिएका छौँ । उहाँहरुको साथ र हौसलाले पर्वत कलाकार समाजको यो कार्यक्रम सफल हुने बिश्वास हामीमा छ’, सुवेदीले बताए ।

कलाकारहरु कलाकारितामा मात्र नभएर सामाजिक उत्तरदायित्वमा पनि अगाडी आउँछन् भन्ने भावना जागृत गराउन पर्वत कलाकार समाजको गठन गरेको समाजका बरिष्ठ उपाध्यक्ष कुलेन्द्र बिश्वकर्माले बताए । कार्यक्रमले भौगोलिक रुपमा समेत पर्वत जिल्लालाई चिनाउन मद्दत पुग्ने बिश्वास उनले लिए ।

यस कार्यक्रमबाट २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने समेत जनाईएको छ । ‘सर्वप्रथम त अक्षयकोषको स्थापना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना भएको हो । अक्षयकोषको स्थापनार्थ थोरै भएपनि सहयोग यो कार्यक्रमले गर्नेछ । कसैलाई पनि दुस्ख पर्दा समस्या नहोस् भनेर अक्षयकोष स्थापना गर्न लागिएको हो’ समाजका कोषाध्यक्ष कुमार केसीले भने, ‘त्यो सँगै एकजुट भएका पर्वतेली कलाकारहरुमा यस कार्यक्रमले अझै सामित्यता बढाउने पनि हामीले बिश्वास लिएका छौ’ । कार्यक्रममा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

(समाचार हिमालय टाइम्समा प्रकाशित छ)