सेलिब्रेटीको दशैंः अधिकांश काठमाडौं बाहिर

गोपिकृष्ण चापागाईं / असोज, काठमाडौं ।

हिन्दु धर्मवलम्बीहरूले असोज महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हात बाट टीकाप्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमा सम्म मनाउने पर्व वडा दशैं यसबर्ष पनि लागिसकेको छ । राजधानीबाट बाह्र लाख बढी मानिस दशैं मनाउन जन्मथलो तर्फ लागेका छन् । सडक भिडभाड छ । सवारीमा यात्रुहरुको चाप निकै छ । अन्तर्राष्ट्रिय बिमानस्थलमा बैदेशीक रोजगारीबाट फर्किनेहरुको मुहारमा खुसीयाली देखिन्छ ।

यसैबिच नेपाली सेलिब्रेटीहरु पनि कोहि आफ्नो जन्मथलो तर्फ लाग्ने तयारीमा छन् भने कसैको बिदेशमा साँस्कृतिक कार्यक्रम तय भएका छन् । बिशेषगरी चाडपर्वमा देश तथा बिदेशमा साँस्कृति कार्यक्रमहरु आयोजना हुने भएकाले कार्यक्रम सकेर कलाकारहरु टिकाको दिनसम्म भएपनि घरमा पुग्न चाहाने गरेको बताउँछन् । बिदेशका कार्यक्रममा जाने कलाकारहरु भने बिदेशमै रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुसँग दशैं मनाउने गर्छन् । यसैबिच यसबर्षको दशैंमा केहि सेलिब्रेटीको योजना सोधेका छौं ।

ससुराली जाने योजना रद्धः राजेश हमाल

अभिनेता राजेश हमालले बिहे गरेको  पाँचबर्ष पुग्दा सम्म दशैंमा ससुराली गएका छैनन् । अन्य समयमा ससुराली गएको भएता पनि चाडपर्वमा जाने अवसर नमिलेको उनले बताए । उनी भन्छन् ‘अन्तिम समयमा आएर दशैं योजना परिवर्तन भएको छ । फूलपातीमा धनकुटामा कार्यक्रममा सहभागी हुने र उतै दशैं मनाउने योजनामा थिएँ । तर, अन्तिम समयमा पानीका कारण कार्यक्रम स्थागित भएपछि यसपालीको दशैं काठमाडौंमै हुने भएको छ । दशैंको बेला काठमाडौं शान्त हुन्छ । झन् त्यसको आनन्द उठाउन पाइन्छ ।’

अभिनेता हमाल धनकुटामा भइरहेको मिस धनकुटाको फाइनल कार्यक्रमका लागी जाने तयारीमा थिए । त्यसैसमयमा धरानस्थित ससुराली जाने तालिका तय गरेका थिए तर अन्तिम सयममा आएर काठमाडौंमै दशैं मनाउने बताए । अभिनेता हमालले १६ वर्ष अगाडि विजयादशमीको दिन आमाको निधन भएका कारण एकादशीको दिन मात्र टीका लगाउने गर्छन् । उनी केहि दिन अघि म्युजीक भिडियो कलाकार संघले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी थिए ।

परिवारका साथ घरमै दशैंः करिष्मा मानन्धर

नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री करिश्मा मानन्धरले यसबर्षको दशैं घरमै परिवारका साथ मनाउने बताएकी छिन् । ‘दशैंको खासै योजना बनाउँदिन । अष्टमीको दिन काठमाडौं घरमै पारिवारका सबै सदस्य जम्मा भएर खानपान गरेर रमाइलो गर्छौं । पारिवारिक भेटघाट, खानपान गरेर नै दशैं मनाउनेछु ।’ करिश्माले भनिन् ।

सामान्य तरिकाले मनाउँछुः कुलेन्द्र विश्वकर्मा

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा थुप्रै गीत गाएका र पछिल्लो समय ‘सालको पात टपरी’ गीतबाट बढी चर्चामा आएका लोकगायक कुलेन्द्र विश्वकर्माले यसबर्ष पनि सपरिवारका साथमा दशैं मनाउने बताए । उनी भन्छन् ‘त्यस्तो बिशेष योजना त केहि छैन ।  सामान्य परिवारको मान्छे हुँ, सामान्य तरिकाले नै दशैं मनाउने गरेको छु ।’ कुलेन्द्रले ससुराली जान नपाएको केहि बर्ष भएको पनि सुनाए । साथै यसबर्ष पनि ससुराली गइन्छ या गइदैन भन्ने टुंगा नभएको जानकारी दिए । ‘लामो समय भयो ससुराली नगएको । अब हेरौं पानी परिरहेको छ बाटो बिग्रिएको पनि सुनेको छु । हेरौं केहि दिनमा योजना नयाँ हुनपनि सक्छ’ उनले भने ।

तीनबर्ष पछि घर जादै छुः शंकर बिसी

मोडल तथा कोरियोग्राफर शंकर बिसी यसबर्षको दशैंमा नेपालगन्जको खजुरास्थित घर जाने तयारीमा छन् । बिभिन्न कार्यक्रमका कारण तीनबर्ष देखी दशैंमा घर जान नपाएका शंकरले यसबर्ष गाउँका साथीभाइहरुसँग रमाइलो गर्ने बताउँछन् । ‘गएका बर्षमा अमेरिकामा दशैं मनाएको थिए । यो १६ र १७ गते सुटिङ छ त्यसपछि सिमराको कार्यक्रममा हुन्छु । टिकाको दिन सम्म घरमा पुग्छु । त्यसैले पनि यो दशैं बिशेष लाग्दैछ ।’ शंकरले भने । ‘गएको दुईबर्ष आफन्तको मृत्यु भएकाले पनि नेपालमा टिका थिएन त्यसैले पनि बिदेशका कार्यक्रममा ब्यस्त थिएँ ।’ शंकरले दशैंमा बिशेष गरी पिङ खेल्न मनपर्ने बताउँछन् । यस्तै गाउँमा आफ्नो नृत्य हेर्न भनेर धेरै साथीभाइ जम्मा हुने गरेको पनि बताए । उनी भन्छन् ‘शंकरको डान्स हेर्नुपर्छ भनेर दाईदिदीहरु सबै जम्मा हुनुहुन्छ अनि माहोल रमाइलो बनाउन नाँच्ने पनि गरेको छु ।’

टिकाको दिनसम्म घर पुग्छुः प्रकाश सपूत

पछिल्लो समय ‘गलबन्दी’ गीतबाट लोकप्रिय बनेका लोकगायक प्रकाश सपूत यसबर्षको दशैंको टिकाको दिनसम्म भएपनि बाग्लुङस्थित घरमा पुग्ने योजनामा छन् । देश भित्रका बिभिन्न कार्यक्रममा जाने तालिका तय भइसकेकाले टिका लगाउनका लागी जसरी पनि पुग्ने उनी बताउँछन् । ‘टिकाको दिन आमा बुबासँग टिका लगाउन पाउँदा छुट्टै आनन्द आउँछ । आमा बुबाको चाहाना पनि त्यहि हुन्छ त्यसैले योबर्ष चाँही जसरी पनि टिका लगाउन पुग्छु ।’ प्रकाशले भने । ‘दशैंमा घर सिर्गाने देखी अन्य कुराको जिम्मा सबै भाइहरुलाई दिएको छु ।’

बिदेशका कार्यक्रम रद्धः पशुपति शर्मा

लोकगायक पशुपति शर्मा यसबर्षका दशैंका लागी ११ गतेनै काठमाडौंबाट निस्किएको बताए । स्याङ्जास्थित घरमा सपरिवारसँग दशैं मनाउने योजनामा रहेको उनले बताए । ‘१८ गतेसम्म देश भित्रकै विभिन्न स्थानका सांगीतिक कार्यक्रम सकेर १९ गते घर स्याङजा पुग्नेछु । पछिल्ला वर्ष विदेशका कार्यक्रम क्यान्सिल गरेर दशैं परिवारका साथ मनाउँदै आएको छु ।’ उनले दशैं आफूलाई असाध्यै मनपर्ने चार्ड भएको बताए । उनी भनछन् ‘धेरैपछि आफन्त, साथीभाइसँग भेटन पाउँने अवसर दशैंले जु¥याउँछ ।’

दशैंमा टिका छैनः स्वस्तिमा खड्का

यसबर्षको दशैंमा अभिनेत्री स्वस्तिमा खड्काले टिका लगाउन नपाउने भएकी छिन् । ‘आफन्त बित्नु भएकोले यसवर्ष दशैं मनाउन नमिल्ने भएको छ । टीका नलाएपनि अन्य रमाइलोहरु हुने नै भयो ।’ स्वस्तिमाले भनिन् । ‘अरु बेला बिभिन्न कामले परिवारसँग समय बिताउन पाइएको हुँदैन । दशैंमा परिवार र आफन्तजनहरुसँग समय बिताउनेछु ।’

बर्दियामा सपरिवारः अञ्जली अधिकारी

मोडल अञ्जली अधिकारीले दशैंको टिकाको दिन मात्रै बर्दियास्थित घरमा पुग्ने बताइन् । ‘चितवन, सिमरा लगायतका स्थानमा सांगीतिक कार्यक्रमहरु सकेर टीकाको दिनमात्र घर पुग्नेछु ।’ अञ्जलीले भनिन् ‘दशैंमा मान्यजनबाट टिका–आशिर्वाद थाप्ने, साथीभाईसँग रमाईलो गर्ने, मिलेसम्म पिङ खेल्ने योजना छ ।’