पोष्टरमा ‘मखमली मखमली’

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

आउँदो मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’को रिलिज मिति घोषणासँगै पोष्टर पनि सार्वजनिक गरिएको छ । चलचित्र सावित्रा चिलुवालले निर्माण गरेकी हुन् ।

यस अघि चलचित्र मखमली निर्माण भएको थियो । मखमलीले सिँगल थिएटरमा ठिकै व्यापार गरेको थियो । मखमलीको सिक्वेलको रुपमा अभिनेत्री निर्माता शुभेच्छा थापाले मखमली मखमली निर्माण घोषणा गरिन् । तर समयमा चलचित्र छायाँकन नभएपछि यो चलचित्रमा निर्माताको रुपमा सावित्रा आबद्ध भएका हुन् ।

प्रदर्शनको मिति तयसँगै रिलिज गरिएको दुई ओटा पोष्टरमा अभिनेता जयकिशन बस्नेत र अभिनेत्री शुभेच्छा थापालाई महत्व दिईएको छ । दुबै पोष्टरमा जयकिशन हास्य अबतारमा छन् । एउटा पोष्टरमा उनी ढकियामाथि बसेर बियर पिउँदै गरेको र उनलाई शुभेच्छाले बोकेको देखाईएको छ । यस्तै अर्को पोष्टरमा जयकिशन तिलहरी युक्त पोते र मँगलशुत्रमा सजिएको देखाईएको छ ।

मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेका हुन् । फिल्मको कथा आफुले लेखेको र कथा राम्रो भएका कारण फिल्ममा आफैंले निर्माण गरेको पनि सावित्राले बताएकी छिन् ।

यो फिल्ममा जयकिशन र शुभेच्छासँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलसहितको अभिनय छ । यो फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । यसमा बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ ।