नेताको नजरमा ‘छ माया छपक्कै’ ठिक–ठिकै

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चलचित्र ‘छ माया छपक्कै’ अहिले देशका अधिकांश हलहरुमा हाउसफुलका साथ ब्यापार गरिरहेको छ । समिक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको यो चलचित्रको ‘माउथ पब्लिसिटी’का कारण दर्शकको संख्या बढ्दो छ । यसका साथै बुधबार साँझ काठमाडौंमा ‘छ माया छपक्कै’को बिशेष शो राखियो । जहाँ थुप्रै चलचित्रकर्मिसँगै राजनितिज्ञ तथा पत्रकारको उपस्थिती थियो ।

पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्री योगेश भट्टराई, मन्त्री लालबाबु पण्डित, पुर्व सेनापति रुक्माङ्गद कटुवाल, नेता विश्वप्रकाश शर्मा, सभासद तथा गायिका कोमल ओली, सञ्चारकर्मी रवि लामिछाने, कलाकारहरु किरण केसी, भुवन केसी, करिश्मा मानन्धरका साथै फिल्मका कलाकार दिपक राज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट र निर्देशक दिपेन्द्र लामाको उपस्थित थिए ।

राजनीतिक परिवेशलाई प्रस्तुत गरिएको ‘छ माया छपक्कै’ हेरेपछि पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले थोरै असन्तुष्ट व्यक्त गरे । ‘मलाई यो फिल्मको कथा मिलेको जस्तो लागेन । कतिपय कुरा सहि पनि छन् । विगतका इतिहासको प्रसंगलाई हेर्दा यसको समीक्षा गर्नु पर्ने पाटो पक्कै हो । तर, राजनीतिको तस्बिर त्यति मात्र होइन । समाजको सबै पक्षको दुईटा पाटा छन् । त्यो राजनीतिको पनि छ र राजनीतिमा लाग्ने व्यक्तिहरुको पनि छ, यसलाई जेनेरेलाइज गरिहाल्नु हुँदैन । तर पनि राजनीति र समाजका विकृतिलाई अझै राम्रोसँग प्रस्तुत गर्नुपर्छ । फिल्ममा जनता माझ लोकप्रिय भएको व्यक्तिलाई जिताइ दिएको भए स्वदिलो हुन्थ्यो ।’ नेपालले भने । यस्तै पुर्व सेनापति रुक्माङ्गद कटुवालले यो चलचित्रले राजनीतिज्ञहरुलाई सन्देश दिएको बताउदै भने, ‘यो फिल्मले हाम्रो राजनीतिज्ञहरुलाई धेरै नै सन्देश दिएको छ । जनताले चाहेको सामान्य कुराहरुलाई ध्यान दिनुपर्न अति जरुरत छ ।

चलचित्रभरी कलाकार केदार घिमिरेको कमेडीले दर्शकलाई भरिपुर्ण मनोरन्जन दिन्छ । चलचित्रमा दिपक राज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायत कलाकारको अभिनय रहेको छ । दिपेन्द्र लामाले निर्देशन गरेको फिल्ममा रोहित अधिकारीको लगानी रहेको छ ।