कलाकारको टिम चीनतर्फ

आर्टिष्ट खबर/ असोज, काठमाडौ ।

सांगितीक प्रस्तुतीका लागी बिहीबार कलाकारको टिम चीन पुगेको छ । बरिष्ट संगीतकार शम्भुजीत बासकोटा आफ्नो साँगीतिक समुह सहित विशेष साँगीतिक प्रस्तुतिका लागि बेईजिङ्ग डान्स एकेडेमीको निमन्त्रणामा चीन पुगेका हुन् ।

बेईजिङ्ग डान्स एकेडेमीको आयोजनामा यहि अक्टोबर १८देखि २०सम्म चीनको बेईजिङ्गमा ‘वान बेल्ट वान रोड अन्तरराष्ट्रिय लोकनृत्य महोत्सव हुँदैछ । यही महोत्सबमा नेपालका तर्फबाट विविध लोक नृत्य प्रस्तुतिका लागि आफुहरु चीन तर्फ लागेको बरिष्ट संगीतकार शम्भूजीतले बताए । शम्भुजीत संगीत घर नेपालको संयोजकत्व र यस संस्थाका अध्यक्ष शम्भुजीत बास्कोटाको नेतृत्वमा नेपालबाट १० जना कलाकारहरुको टोली बिहिबार चीन गएको हो ।

महोत्सबमा आफ्नो टोलीले लोक नेपाली नृत्यहरु प्रस्तुत गर्ने पनि बरिष्ट संगीतकार बासकोटाले जानकारी गराए । बासकोटाका अनुसार सो कार्यक्रममा सहभागी हुन चीनका विभिन्न प्रान्तहरुसँग अन्य विदेशी मुलुकबाट पनि सैयौँ कलाकारहरू बेईजिङ्ग पुगेका छन् । यस पटक सो महोत्सबमा आफुहरुले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर बेईजिङमा नेपाली लोकनृत्यहरु प्रस्तुत गर्ने पनि बरिष्ट सँगीतबार बासकोटाले बताए