नकआउट राउण्डमा द भ्वाइस

आर्टिष्ट खबर/ कात्र्तिक, काठमाडौं ।

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको नकआउट राउण्ड सुरु भएको छ । ब्लाइन्ड अडिसनबाट छानिएका ६४ प्रतिभाहरुले ब्याटल राउण्डमा सांगीतिक भिडन्त गरेका थिए । भिडन्तमा सफल हुने ३६ जना प्रतिभाहरुले अब नकआउट राउण्डको प्रतिस्पर्धामा भिड्नेछन् ।

ब्याटल राउण्डमा हरेक कोचले ८ जना प्रतिस्पस्र्धीलाई छनोट गरेका छन् भने एकएक जना प्रतिभालाई अर्को टिमबाट स्टिल गरेर आफ्नो टिममा समेटेका छन् ।  अब चारैजना कोचको टिममा ९–९ जना प्रतिभाहरु छन् । उनीहरुले नकआउट राउण्डमा कडा प्रतिस्पर्धाको सामना गरी लाइभ राउण्डमा प्रवेश गर्नेछन् । नकआउटबाट हरेक कोचको टिममा ३–३ जना प्रतिभाहरु लाइभ राउण्डमा पुग्नेछन् । नकआउट राउण्डको पहिलो एपिसोड यही शुक्रबार साँझ ८ बजे प्रसारण हुने छ ।

हालसम्म कोचको निर्णयका आधारमा अगाडि बढेको प्रतिभाहरुलाई लाइभ राउण्डसँगै जनमतको पनि साथ रहनेछ । अर्थात् लाइभ राउण्डका हरेक प्रस्तुतीमा दर्शकले एसएमएस र अनलाइन भोटिङमार्फत् आफुले मन परेको प्रतिभालाई मत दिन सक्नेछन् । दर्शकको भोट र कोचको रायका आधारमा उत्कृष्ट चारजना प्रतिभा ग्राण्ड फिनालेका लागि पुग्नेछन् ।