आशिफले माफि मागे

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘घामड शेरे’को प्रचारात्मक पोस्ट सेयर गर्दा कलाकार तथा निर्देशक आसिफ साहले माफि माग्नु परेको छ । पोस्टमा चलचित्रको पोस्टरसँगै नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको समेत फोटो राखिएको थियो । जसमा कांग्रेसको भ्रातृ संगठन नेविसंघका युवाहरुले बिरोध जनाएका थिए ।

नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले साहलाई ‘कलंक’ भन्दै ‘घामड शेरे’ सुदुरपश्चिममा चल्न नदिने चेतावनी दिए । उनले साहले पोस्ट हटाएर आम माफी माग्नु पर्ने जनाएका थिए । विवादमा तानिएसँगै आसिफ साहले पोस्ट हटाए र माफी पनि मागेका छन् । उनले आफूले कुनै पनि व्यक्ति वा संस्थाको अपमान गर्ने उदेश्य नरहेको प्रष्ट पारेका छन् । लेखेका छन् ‘म स्वयंपनि कुनै राजनीतिक पार्टीमा संलग्न छैन । मैले जुन पोस्ट गरे त्यो विशुद्ध मजाकका लागि गरिएको थियो । गलत संदेश प्रवाह भएकोमा माफी चाहन्छु ।’

साहले क्षमा याचना गरेको स्टाटसमा समेत भने गाली भने आइरहेका छन् । फेसबुक प्रयोगकर्ता नवीन सिंहले लेखेका छन्,’कलाकार भएर कलाकारकै हैसियतमा बसौं । ऐतिहासिक पार्टीको सभापतिलाई आइन्दा यस्तो हल्का मजाक नबनाउँ। तपाईंको कामको प्रशंशक नै हुँ ।’ गत शुक्रबार नेपाली कांग्रेसको पार्टी कार्यालयको बैठकमा उमेर हदमो विषयलाई लिएर विद्यार्थी नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका थिए। सोही दिन शेरबहादुर देउवा आक्रोशित भएको र उनले जाथाभावी बोलेको आरोप लागेको थियो। त्यसयता उनीमाथि थुप्रै ट्रोलहरु बने । तर, फिल्म रिलिजको संघारमा आसिफ साह विद्यार्थी नेताको तारो बने ।

यसै चलचित्रका निर्देशक हेमराज बिसीले आइतबार आयोजीक पत्रकार सम्मेलनमा नियतबस नभई मजाकका लागी अशिफले उक्त पोष्ट राखेको बताए । साथै उनले यो कुरालाई ठुलो रुप नबनाइदिन आग्रह समेत गरे । चलचित्रमा निश्चल बस्ते, स्वस्तिमा खड्का, सुष्मा निरौला, सुलक्षण भारती लगायतको अभिनय रहेको छ ।

Video Report: