बिरगन्ज आउँदै बलिउडका गोविन्दा

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

बलिउड अभिनेता गोविन्दा फेरि एकपटक नेपाल आउने भएका छन् । यहि कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’को बिशेष अतिथीको रुपमा गोविन्दा नेपाल आउन लागेका हुन् ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार गोविन्दाले नेपाल आउने सेड्युल आफैंले बनाएका छन् । गोविन्दा कात्तिक २१ गते बिहान विरगञ्ज पुग्ने कार्यक्रम रहेको अधिकारीले बताए । गोविन्दाले कार्यक्रममा आफ्नो प्रस्तुती पनि दिने उनले बताए ।

अभिनेता गोविन्दा गएको वर्ष राजधानीमा भएको ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । यसअघि पनि उनी थुप्रै पटक नेपाल आइसकेका छन् । उनकी श्रीमती सुनीता आहुजा नेपाली मुलकी हुन् । त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश बताउने गर्दछन् । उनले संसारमा आफूलाई सबैभन्दा मनपर्ने देश नेपाल बताउने गरेका छन् ।

नेपाल चलचित्र निर्माता संघको आयोजनामा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । तीन दिनसम्म चल्ने उक्त महोत्सवमा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, संगीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरु सहभागी हुने बताइएको छ ।