सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुनेः राजेश देखी प्रकाशसम्मको प्रस्तुती

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

‘सप्तरङ्ग’ को सफलतापछि दोस्रो श्रृंखलाको रुपमा सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने भएको छ । आयोजक गृष्माब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले यसपटक नेपाल सरकारको अभियान भिजिट नेपाल २०२० लाई समेत यस कार्यक्रमले टेवापु¥याउने बताए । ‘राष्ट्रियताको कुनै मुल्यहुदैन भन्ने’ सोचका साथ् कार्यक्रमलाई निशुल्कगरिएको समेत उनले बताए । पहिलो शृंखलामा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ ।

दोस्रो शृंखलाको लागिअभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्यकलाकार जीतु नेपाल,  गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रविओड रहेका छन् । यिनले सातै प्रदेशमापर्यटन प्रवर्धन र सम्मुनतिकालागिआफ्नो प्रस्तुति प्रस्तुतगर्ने आयोजितकार्यक्रममाजानकारी गराइयो । पहिलो सिजनमा सातप्रदेशविचको सम्बन्धनागरिकस्तरमा सुमधुर बनाउनप्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिकयात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजीगरिने समेत जनाइयो । कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानियकला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको कार्यक्रमकार्तिक २० गते विर्तामोडबाट सुरु हुनेछ ।

विर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते विरगंज , २४ गते चितवन , २६ गते नेपालगंज , २८ गते सुर्खेत , ३० गते महेन्द्रनगर र ४ गते पोखरामापुगेर सकिनेछ । गतबिक्रम संवत २०७० सालमा ’ढकाल सुमधुर साँझ’ गरेर इभेन्टमा पाइला टेकेको गृष्माब्रोर्डकास्टिङले त्यसपछि भ्यालेन्टाइन नाइट , साकुरा नाइट , शुभयात्रा साँझलगायतकाकार्यक्रमगरिसकेको छ । राजधानीमाआयोजितकार्यक्रममा राजेश हमाल , सुगमपोखरेल , जीतु नेपाल , प्रकाश सपुत र रविओडको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघाटन प्रदेश प्रमुखले गर्ने समेत उक्तअवसरमाजानकारी गराइयो । ‘सप्तरङ्ग २’ माअफिसियलएमसीको रुपमा नरेश भट्टराई , विवेक खतिवडा र पूजनथापा रहेका छन् । कार्यक्रमलाई टिभीएस अपाचे मोटरसाइकलले टाइटल स्पोन्सर गरेको छ ।