श्रवण र भावना ‘मिस्टर एण्ड मिस स्टार’ चितवन

आर्टिष्ट खबर/ कात्तिक, चितवन ।

चितवनमा सम्पन्न मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे र  श्रवण श्रेष्ठले हात पारेका छन् । क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा भरतपुरको पानोरोमा गार्डेन रिर्सोटमा शनिबार सम्पन्न उक्त प्रतियोगीता विजेताहरुले ३० हजार नगद रुपैंया पाए । साथै उनीहरुले म्युजिक भिडियोमा अभिनयको अवसर दिइने आयोजकले जनाएको छ ।

त्यसैगरि युवती तर्फ रुपा केसी फष्र्ट रनरअप, नविना अधिकारि सेकेन्ड रनरअप र पुरुष तर्फ मनोज तामाङ फष्र्ट रनरअप, किरण दनुवार सेकेन्ड रनरअप भए । प्रतियोगिता अवधिभर उत्कृष्ट कला, कौशल प्रदान गर्ने १० जनाले ग्राण्ड फिनालेमा प्रवेश पाएको इभेन्ट म्यानेजर विकास सापकोटाले बताए । प्रतियोगितामा अर्गनाइजर च्वाइस, पब्लिक च्वाइस, वेष्ट ड्रेस, भरतपुरकी सविना गुरुङले जितेकी छिन् ।

प्रतियोगिताको निर्णायकहरु संचारकर्मी सूर्य चन्द, नायिका अनिता गिरी, गायक विश्वराम कार्की रहेका थिए । मिस्टर एण्ड मिस स्टार चितवन–२०१९को प्रमुख अतिथिमा भरतपुर महानगरपालिका उपमेयर पार्वती  शाह ठकुरी तथा विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिकराम पौडेल, समाजसेवी तथा युवा ब्यबसायी राजु बन्जाडे रहेका थिए । उक्त प्रतियोगितामा अस्मिता नेपालीको कोरियोग्राफी  रहेको थियो ।