दुर्गा बिरहीको गाई चराउने बन सार्वजनिक

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

सर्जक दुर्गा बिरहीको नयाँ लोकगीत ‘गाई चराउने बन’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको गीतमा कुलेन्द्र बिश्वकर्मा र गीता सिरिस मगरको स्वर रहेको छ । गाउँघरमा प्रयोग हुने टिपिकल शब्दको प्रयोग गरेर निर्माण गरिएको गीतको भिडियोमा पिएन सापकोटा र रक्षा श्रेष्ठले मुख्य नृत्य गरेका छन् । भिडियोमा रोहित थापा मगर र योगिसा खत्रीको पनि नृत्य रहेको छ ।

आर्यन मगरको कोरियोग्राफि रहेको भिडियो दुर्गा बिरहीले नै निर्देशन गरेका हुन् । भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै सर्जक बिरहीले आफ्ना यसअघिका गीतहरुजस्तै यसगीतलाई पनि दर्शक तथा स्रोताले माया गर्ने अपेक्षा राखे । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष गायक चन्द्र शर्माले सर्जक दुर्गा बिरहीका शब्दले मन छुने बताए । पछिल्लो समय लोकगीतको भिडियो मेकिङमा पनि निकै मिहिनत गर्न लागिएको र यस गीतलाई पनि उत्तिकै मिहिनत गरी निर्माण गरेको देखेको शर्माले बताए ।

गीतका गायक कुलेन्द्र बिश्वकर्माले गीतको शब्द तथा संगीतमा मिठासपन पाएरै आफूले गीत गाएको बताए । गायिका गीता सिरिस मगरले आफूले पहिलो पटक गीत गाउने अवसर पाएको भन्दै सर्जक बिरहीलाई धन्यवाद दिइन् । कार्यक्रममा सर्जक कृष्ण आँशु, राजाराम भुजेल, झलक संगीतम, पिएन सापकोटा, सुजन लम्साल लगायतको उपस्थिती रहेको थियो ।