बिनु भन्दैछिन्- मलाई छुँदा करेन्ट लाग्छ (भिडियो)

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

बेली डान्सरको रुपमा परिचित मोडल बिनु शाक्यले नृत्य गरेको नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ ।‘करेन्ट लाग्छ’ बोलको गीतमा बिनुले आफूलाई छुँदा करेन्ट लाग्छ भन्दै अभिनय गरेकी छिन् । रुपक डोटेल र मनिषा पोखरेलको स्वरमा रहेको यस गीतमा निश्चल कल्पनाको शब्द र केबि भण्डारीको संगीत रहेको छ । भिडियोमा बिनुको साथमा राज बस्नेट र करन शाहले नृत्य गरेका छन् ।

आदित्य बुढाथोकीले निर्देशन गरेको यस भिडियो मुकेश हुमागाईले खिचेका हुन् । यस्तै भिडियोमा प्रसान्त तामाङको कोरियोग्राफी रहेको छ । भिडियोको सम्पादन प्रकाश एसकेले गरेका छन् ।