वीरगन्जमा ‘स्वर्णिम चलचित्र महोत्सव’

आर्टिष्ट खबर/ कात्तिक, वीरगञ्ज ।

प्रदेश नम्बर २ को वीरगन्जमा बिहीबारदेखि ‘स्वर्णिम चलचित्र महोत्सव’ सुरु भएको छ । चलचित्र निर्माता संघले आयोजना र उद्योग वाणिज्य संघको सहआयोजनामा सुरु भएको महोत्सवमा नेपाली चलचित्रका अधिकांश कलाकारहरुको उपस्थिीती रहेको छ । यस्तै बलिउडका अभिनेता गोविन्दापनि बिशेष अतिथिको रुपमा आमन्त्रीत छन् ।

बीहीबार महोत्सवको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्जवलन गरी महोत्सवको उद्घाटन गरिन् । महोत्सव उद्घाटन हुनुअघि घण्टाघरबाट रंगाशालासम्म प्रभात फेरीमा सय बढी कलाकारहरुले सहभागी जनाएका थिए । नेपाली चलचित्रक्षेत्रकै इतिहासमा ठूलो महोत्सवको आयोजना भएको भन्दै कलाकारहरुले खुसी मनाइरहेका छन् । कात्तिक २३ गतेसम्म चल्ने महोत्सवको दोस्रो दिन आज बलिउडका अभिनेता गोविन्दाको उपस्थिती रहनेछ । गोविन्दाले पनि केहि प्रस्तुती दिने बुझिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रपती भण्डारीले नेपालको सुन्दर ठाउँ वीरगन्जमा नेपाली चलचित्रक्षेत्रको भब्य कार्यक्रम आयोजना गरेकोमा आयोजक निर्माता संघलाई धन्यवाद दिइन् । ‘साँस्कृति सम्पदाले सम्पन्न यस प्रदेशमा म यस्ता प्रकारका कार्यक्रममा पटकपटक आएकी छु । न्यायो स्वागतका लागी सम्पुर्णमा आभार ब्यक्त गर्दछु ।’ राष्ट्रपति भण्डारीले भनिन् । ‘नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तर सम्म पु¥याउन निर्माता, निर्देशक, कलाकार सम्पुर्णको ठुलो योगदान छ । नेपाली चलचित्रलाई अझ बिस्तार गर्न हौसला प्रदान गर्दछु ।’

आयोजक निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनको लागि महोत्सवको आयोजना गरिएको बताए । उनले भने, ‘जुन किसिमको कलाकर्मीहरुको उपस्थिति रहेको छ त्यो साच्चिकै उत्साहजनक नै छ । यहाँको स्थानीयले पनि हामीलाई सहयोग गरिरहनुभएको छ । त्यसैले कार्यक्रम सफल हुनेमा कुनै शंका छैन ।’ आकाशले तीन दिनसम्म नै महोत्सव भब्य हुने भन्दै सम्भवभएसम्म सबैलाई निमन्त्रणा गरे ।

प्रभातफेरीमा सहभागी हुँदै गर्दा कलाकार सरोज खनालले नेपाली चलचित्रक्षेत्रकी इतिहासको ठूलो कार्यक्रम भन्दै आयोजक टिम तथा सम्पुर्ण कलाकारलाई बधाई दिए । उनले भने ‘वीरगन्ज भारत र नेपालको बोर्डरको ठाउँपनि हो त्यसैले पनि यहाँ नेपाली चलचित्र भन्दा बढी भारतीय चलचित्र हेरिन्छ । यस्ता कार्यक्रमले पक्कै सकारात्मक सन्देश जान्छ ।’ यस्तै निर्देशक तथा कलाकार दीपाश्री निरौलाले तराईको ठाउँमा नेपाली चलचित्रको यस्तो ठूला महोत्सवको आयोजना हुँदा नेपाली चलचित्रको प्रचार राम्रो हुने बताइन् । ‘म तराईकै छोरी हुँ, त्यसैले पनि थाहा छ यी ठाउँहरुमा नेपाली चलचित्रको अवस्था कस्तो छ । यो महोत्सवले पक्कै पनि नेपाली चलचित्रमा थप प्रचार पुग्नेछ ।’ दीपाश्रीले भनिन् ।