‘अरुन्धती’मा तर्साउने भूमिकामा दीपिका

आर्टिष्ट खबर/ मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री दीपिका पादुकोणले चलचित्रको नयाँनयाँ भूमिकामा काम गर्न रुचाउँछिन् । उनले अन्तर्वार्तामा भन्दै पनि आएकी छिन् कि चलचित्रमा फरक भूमिका गर्न कलाकारहरुको इच्छा हुन्छ । त्यसैले होला पछिल्लो समय केहि फरक भूमिका पनि देखाउँदै आएकी छिन् ।

एसिड पीडितको चरित्रमा भर्खरै मात्र सुटिङ सकिएको चलचित्र ‘छपाक’ बाट उनले चर्चा बटुल्न थालेकी छिन् । उनको कामप्रति चलचित्रमेकर खुसी छन् । ‘छपाक’ मा एसिड प्रहारबाट मुहार विरुप भएको यथार्थ संघर्ष–कथाको चरित्र निर्वाह गरेकी छिन् । यसबाट यो चलचित्रमा दीपिकाको वाह्य सौन्दर्य देख्न नपाइने अनुमान सहजै गर्न सकिन्छ। अर्थात अर्को शब्दमा फिल्म ‘छपाक’ मा उनको ‘ग्ल्यामरस अवतार’ हुने छैन ।

‘पदमावत’, ‘बाजीराव मस्तानी’, ‘गोलियों कि रासलीला’ लगायत कैयौं चलचित्रमा आफ्नो सौन्दर्य र अभिनयको जलवा देखाउँदै आएकी दीपिका यतिबेला भने ‘छपाक’ बाट पनि अघि बढेर भूतप्रेततर्फ लागेकी छिन्। उनी अब ‘ग्ल्यामरस अवतार’ को साटो चलचित्र ‘अरुन्धती’ मा दर्शक तर्साउने भूतप्रेतको अवतारमा देखिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । हरर जनराको यो चलचित्रमा दीपिकाले शीर्ष चरित्र मात्र निर्वाह गर्न लागेकी नभएर आफैंले निर्माणसमेत गर्न लागेको बताइएको छ । चलचित्रमा अन्य कलाकारको नाम भने घोषणा गरिएको छैन ।

खासमा दिपिकाले १० वर्षअघिको तेलगु चलचित्र ‘अरुन्धती’ को हिन्दीमा रिमेक गर्न लागेकी हुन् । तेलगु चलचित्रमा भने सन् २०१५ को सुपरहिट चलचित्र ‘बाहुबली’ मा देवसेनाको भूमिकामा प्राण भरेकी अनुष्का शेट्टीको अभिनय रहेको थियो ।