सुरु भयो ‘प्रेमगीत ३’ को सुटिङ

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

यसबर्षको प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को छायांकन सुरु गरिएको छ । बिहीबार बिहान दक्षिणकाली मन्दिरमा पूजाआजा गर्दै काठमाडौंबाट चलचित्रको छायांकन सुरु गरिएको हो । पूजाआजामा चलचित्रका मुख्य कलाकार र निर्माण टिमको उपस्थिती रहेको थियो । चलचित्रको ४५ प्रतिशत छायांकन काठमाडौं र बाँकी ५५ प्रतिशत मनाङमा हुनेछ ।

चलचित्रका निर्माता सन्तोष सेनका अनुसार चलचित्रमा तीन करोड लगानी लाग्ने अनुमान गरेका छन् । उनले भने ‘हामीले चलचित्रका लागी लगानी यति गर्ने भन्ने निश्चित गर्दैनौं । काम गर्दै जाँदा जतिपनि हुनसक्छ । अनुमान तीन करोड छ ।’ यस्तै निर्माता सेनले नेपालमा हुने भिएफएक्समा विश्वास नलागेर हामीले मनाङको स्ट्रक्चरलाई काठमाडौंमा सेट निर्माण गरेर बनाएका हौं । चलचित्रमा केही प्रतिशत मात्र भिएफएक्स हुन्छ । बाँकी नेचुलर खिच्नेछौं ।’ सेनले भने ।

चलचित्रमा युवास्टार प्रदीप खड्का र नवनायिका क्रिस्टिना गुरुङको मुख्य भूमिका रहनेछ । सयौंलाई पछि पार्दै क्रिस्टिनाले अडिसन जितेकी थिइन् । गएको मंगलबार मात्रै चलचित्रको मोसन पोस्टर सार्वजनिक गरिएको थियो ।

दुईसय वर्ष पुरानो प्रेमकथामा बन्न लागेको फिल्मको निर्देशन छेतेन गुरुङ र सन्तोष सेनले मिलेर गर्दैछन् । प्रदीप र क्रिस्टिनाका अलावा फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेता शिवले चलचित्रमा राजाको भूमिका निभाउँदैछन् । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार शान सेन सहनिर्मातामा छन् ।

आसुशेन फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । आउँदो चैत २८ मा प्रदर्शन हुने भनिएको यो चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाहरभुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।