‘पोई पर्यो काले’ घरमै बसेर हेर्न सकिने

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

यहि कात्तिक ८ गतेबाट प्रदर्शनमा आएको चलचित्र पोई पर्योकाले घरमै बसेर हेर्न पाइने भएको छ । अर्थात डिसहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा रिलिज गरिएको छ ।

गएको शुक्रबार बाट डिसहोममा रिलिज गरिएको यो चलचित्र हेर्नका लागी दर्शकले रु. ३२५ रुपैंया तिर्नुपर्नेछ । निर्माण टिमले हाल सम्म चलचित्र हेर्न नपाएका दर्शकहरुलाई मध्यनजर गर्दै रिलिजमा ल्याइएको बताएको छ ।  चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । दैनिक ८ सो रहेको चलचित्रलाई दर्शकहरुले आफ्नो समय अनुकुल मिलाएर हेर्न सक्नेछन् ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।