‘बाला’को आक्रमक ब्यापार

...

<pre style="text-align: justify; "><b>मुम्बई (एजेन्सी) । </b></pre><p style="text-align: justify; ">बलिउड चलचित्र ‘बाला’ले बक्स अफिसमा धमाकेदार ब्यापार गरिरहेको छ । प्रदर्शनको दोस्रो दिनसम्म आइपुग्दा नै यो चलचित्रले आफ्नो लगानी सुरक्षित गरिसकेको बताइएको छ । पहिलो दिन १० करोड १५ लाख छापेको फिल्मले दोस्रो दिन १५ करोड ७३ लाख कमाएको छ । फिल्मको दुई दिनले कमाई २५ करोड ८८ लाख पुगेको छ ।&nbsp;</p><p style="text-align: justify; ">आयुष्मान खुराना, यामी गौतम र भूमि पेडनेकरको मुख्य भूमिका रहेको ‘बाला’ ले तीन दिनमा ४० करोडको व्यापार गर्ने अनुमान काटिएको&nbsp; ।&nbsp; २५ करोडमा निर्माण भएको चलचित्रले दुई दिनमै लगानी उठाएको हो । एक हप्तामा चलचित्रले सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ । अमर कौशिक निर्देशीत यो चलचित्रले तेस्रो दिनमा ४० करोड छापेको खण्डमा आयुष्मानको यो तेस्रो फिल्म हुनेछ, जसले पहिलो विकेन्डमा ४० करोड कमाई गर्नेछ । यसअघि ‘बधाई हो’ र ‘ड्रीम गर्ल’ ले यो जादू बक्सअफिसमा देखाएका थिए । अहिले आयुष्मानलाई बक्सअफिसको हिट मेशिन भन्ने गरिन्छ ।&nbsp;</p><p style="text-align: justify; "><br></p>