हिजो आजका कुराको सुटिङ सुरु

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

दशक अघि टेलिभिजनमा प्रसारण हुँदा चर्चामा रहेको सिरियल ‘हिजो आजका कुरा’ नामबाटै चलचित्र निर्माण गर्ने केहि समय अघिमात्रै घोषणा गरिएको थियो । सिरियल निर्माण गरेको टिमले नै यो चलचित्र निर्माण गर्दैछ । यसैबिच बुधबार काठमाडौंको पशुपति मन्दिर परिसरबाट यो चलचित्रको सुटिङको सुरुवात गरिएको छ ।

बिहानी १० बजे शुभमुर्हुतसँगै छायांकन शुरु गरिएको हो । चलचित्रको छायांकन ३५ दिनमै सकिने निर्माण टिमले जनाएको छ । ‘हिजो आजको कुरा’ कलाकार तथा निर्देशक सन्तोष पन्तको छोरा शाकार पन्तले निर्देशन गर्दैछन् ।यश फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की, सविन शाक्य, अनुष्का अधिकारी, रमेश अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।