लिभिङ टुगेदरमा सुशान्त–रिया !

मुम्बई (एजेन्सी) ।

अभिनेता सुशान्त सिंह राजपुत र रिया चक्रवर्तीको प्रेमको चर्चा हुँदै आएको छ । यी दुईले आफूहरु सिंगल नै रहेको बताउँदै आएता पनि हरेक कार्यक्रममा सँगै हुने र समयसमयमा लुकीलुकी दुबैजना छुट्टी मनाउन बिदेश पुगेका कारण मिडियामा जसिप बनिरहन्छन् ।

हालै सुशान्त प्रेमिका रियाको घरमा ‘सिफ्ट’ भएका छन् । उनी एक हप्ता पहिले मात्र बान्द्रास्थित रियाको घरमा सरेका हुन् । अहिले उनीहरु ‘लिभिङ टुगेदर रिलेसनसिप’मा रहेको चर्चा भारतीय मिडियामा छाएको छ । यसअघि उनी टिभी एक्ट्रेस अंकिता लोखन्डेसँग प्रेममा थिए ।

त्यसपछि उनी अभिनेत्री कृति सेननसँग पनि प्रेम सम्बन्धमा भएको चर्चा चलेको थियो। तर उनीहरुको प्रेम लामो समय टिक्न सकेन। त्यस्तै उनको नाम अभिनेत्री साराअलि खानसँग पनि जोडिएको थियो । सारा र सुशान्तले फिल्म केदारनाथमा एउटै स्क्रिन शेयर गरेका थिए ।