फ्राइडे रिलिजः हलमा भूवनको ‘मिस्टर नेपाली’

आर्टिष्ट खबर/ कात्तिक, काठमाण्डौ ।

आज (शुक्रबार) बाट नयाँ नेपाली चलचित्र ‘मिस्टर नेपाली’ प्रदर्शनमा आएको छ । प्राय सातामा दुई देखी चारवटा चलचित्र प्रदर्शन भइरहेका बेला यो साता भने ‘मिस्टर नेपाली’ र ‘सम्हाली राख है’ प्रदर्शनमा आएका हुन् । मल्टिप्लेक्स हलमा सम्हाली राख है ले शो पाएको छैन भने मिस्टर नेपालीले जम्मा सात शो पाएको छ । यीदुईसँगै अन्य दुई बिदेशी चलचित्र पनि आजैबाट प्रदर्शनमा आएका छन् । साथै हलमा अन्य नेपाली चलचित्रपनि प्रदर्शन भइरहेका छन् ।

मिस्टर नेपालीसँगै बलिउडका सिद्धार्थ महोत्राको मुख्य भूमिका रहेको चलचित्र ‘मर्जाबान’ प्रदर्शनमा आएको छ । यस्तै एक हलिउड चलचित्र ‘चार्लि एन्जल’ पनि प्रदर्शनमा आएको छ । नेपाली चलचित्र मिस्टर नेपालीमा अभिनेता भूवन केसीको मुख्य भूमिका रहेको छ । नवकलाकार धेरै रहेको यो चलचित्रमा भूवन केसी भिलेनको अवतारमा देखिएका छन् । त्यसैले पनि दर्शकका लागी भूवनकेसीबाट केहि फरक पाउन अपेक्षा राख्न सक्छन् ।

देशभर एकैसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र मिस्टर नेपालीलाई क्युएफएक्स चेनले पहिलो दिन दिएको सात शो मध्ये मध्ये भक्तपुरमा खोलिएको नयाँ हलले दिनमा दुई शो छुट्टाएको छ । अन्य कुनैमा पनि दुई वटा शो छैन । तर आजैबाट प्रदर्शनमा आएको बलिउड चलचित्रलाई भने ३२ शो दिइएको छ । यस्तै हलिउड चलचित्रलाई पनि १८ शो दिइएको छ । यसरी हेर्दा नेपाली शोलाई हलहरुले जबरजस्त शो दिइएको बुझिन्छ । यहि पहिलो दिनमा दिइएको शो मा दर्शकको राम्रो उपस्थिती भएन भने दोस्रो वा तेस्रो दिनबाट हलबाट बाहिरिने सम्भावना देखिन्छ । तर चलचित्रको ‘माउथ पब्लिसिटी’ले राम्रो काम ग¥यो र समिक्षा राम्रो आयो भने शो नबढ्ला भन्न सकिन्न ।

केहिदिन अघिमात्रै मिस्टर नेपालीको अमेरिकामा प्रिमियर शो गरिएको थियो । जसबाट राम्रो प्रतिक्रिया मिलेको निर्माण टिमले जनाएको छ । देव भुषालको निर्देशनमा बनेको यो चलचित्रमा भुवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा प्रेमराज दाहालको लगानी छ ।

चलचित्र ‘सम्हाली राख है’ आरएल मोक्तानले निर्देशन गरेका हुन् । अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहा कार्की, अन्जना खत्री, आरएल लामा, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको यो चलचित्रले देशभरका सिंगल थिएटरमा ठाउँ पाएको छ । निर्देशक आरएल मोक्तानकै पटकथा सम्वाद रहेको चलचित्रका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् ।