सलोन–आमेश गायक पनि

आर्टिष्ट खबर/ कात्तिक, काठमाण्डौ ।

नेपाली चलचित्रमा अभिनय गर्ने कलाकार नायक सलोन बस्नेत र आमेश भण्डारी गायक पनि बनेका छन् । ‘मेरो लागि तिमी …’ बोलको गीतमा सलोन र आमेशले स्वर दिएका छन् भने अभिनय पनि आँफैले गरेका छन् । यस गीतमा सलोन–आमेश आँफैले शब्द लेखेका छन् भने संगीत रोमन बज्राचार्यले भरेका छन् ।

गीत संगीतको आफ्नो सौख पुरा गर्न बेला बेला आफुले गीत गाउने गरेको नायक बस्नेतले बताए । ‘अभिनय र गायन दुवैमा मेरो लगाव छ । अभिनयमा अलिक बढि नै समय दिनुपरेकोले गायनमा खासै आउन सकेको थिईन, अब भने केहि गीतहरु लेख्ने तथा गाउने योजना बनाईरहेको छु’ उनले बताए । नायक भण्डारीले गीत संगीतमा आफ्नो क्षमता छ जस्तो लागेर कहिले काहिँ गीत गाउने गरेको बताए । ‘अब भने म निरन्तर गीत संगीतमा लाग्ने योजना छ । सोहि कारण पनि नयाँ यूट्युब च्यानल समेत शुरु गरेका छौँ’ भण्डारीले बताए ।

सलोन–आमेशको हालै सार्वजनिक गीतले युवतीप्रतिको आकर्षण दर्शाउँछ । गीतको भिडियो सुशिल बाबु क्षेत्रीले निर्देशन गरेका छन् भने दिन्सन शाहको सम्पादन रहेको छ । सलोन र आमेशले केहि समयअघि एक ¥याप गीत पनि गाएका थिए । कुनै स्टेज कार्यक्रममा जाँदा उनीहरुले दर्शकले उक्त ¥याप गीत सुनाउने गरेका छन् ।