अवार्डमा भाषिय गीतलाई स्थान

आर्टिष्ट खबर, मंसिर, काठमाडौं ।

पछिल्लो समय नेपालमा अवार्ड समारोह महिनैपिच्छे हुन थालेका छन् । चलचित्रक्षेत्र र म्युजीकक्षेत्रका अवार्ड आयोजना धेरै भइरहँदा अवार्डको महत्व घट्दै पनि गएको छ । यसैबिच पावर ईन्टरनेशनल मिडिया नेपालले गर्दै आएको नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करणको पनि घोषणा गरिएको छ । अवार्डको फारम समेत खुलाइएको आयोजकले जानकारी दिएको छ ।

नेपाली चलनचल्तीका भाषा सहित नेपालका वोलिने विभिन्न राष्ट्रिय भाषाका गीतहरुको सहभागितामा सम्पन्न हुने कार्यक्रमलाई नेपाली कलाकारहरुले उत्सवको रुपमा लिने गरेका छन् । नेपाली चलनचल्तीका भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरी गीतहरुको विभिन्न विधामा प्रतिष्प्रधा रहनेछ भने भाषा भाषीतर्फ काठे गीत, डेउडा गीत, नेपाल भाषा, तामाङ , राई , लिम्बु, मैथली, भोजपुरी, मगर, शेर्पा, थारुचौधरी, राजवंशी, गुरुङ लगायत विभिन्न भाषाका गीत संगीतहरुमा प्रतिष्प्रधा हुने पिम नेपालका अध्यक्ष माधव राज खरेलले वताए ।

नेपाली चलनचल्तीका भाषा अन्तर्गतका राष्ट्रियभाव, गजल, आधुनिक, पप र लोकदोहोरीका लागी अंग्रजी क्यालेन्डर अनुसार जनवरी १, २०१९ देखी डिसेम्वर ३०, २०१९ (१ बर्ष) सम्म वजारमा आएका एवं प्रकाशनमा आएका अडियो÷भिडियोले अवार्डमा सहभागी हुन पाउनेछन् भने  भाषा भाषि अन्तगर्त जनवरी १, २०१८ देखी डिसेम्वर ३०, २०१९ सम्म (२ बर्ष) भित्रमा वजारमा आएका गीत संगीतले भाग लिन पाउने आयोजकले वताएको छ ।