उदास जवानी विमोचन

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ एक कार्यक्रमका बिच विमोचन भएको छ । वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ साहित्यकार तुलसी दिवस र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त रुपमा एल्वम विमोचन गरेका थिए ।

एल्वममा समावेश पाँच गीतमध्ये ‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै..’ गीतको म्युजिक भिडियो कार्यक्रममा प्रदर्शन गरिएको थियो । ‘उदास जवानी’ सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध ३२ औं एल्बम हो । सन्तोष श्रेष्ठले राष्ट्रकवि माधव घिमिरेले लेखेको ‘पश्चिम रुन्छ महाकाली, पूर्व रुन्छ मेची’ र वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको जीवनको पहिलो गीत ‘तेरो मेरो जे भन्छौं हामी’ गीतमा पनि संगीत दिएका छन् ।