‘माछा माछा’को म्याडम गीतमा सौगातको अघि सृष्टिको आइटम नृत्य

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> आउँदो कात्तिक २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माछा माछा’ को ‘म्याडम म्याडम’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमबार एक कार्यक्रमका बिच सार्वजनिक गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको नृत्य रहेको छ । साथै उनीहरुलाई विजय बराल र अनोज पाण्डेले साथ दिएका छन् ।</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/e3051e6e6ea51bf842e3b3095edf07ce1574083969.jpg" style="width: 1200px;"><br></p><p style="text-align: justify; ">अनुपम शर्माको स्वर तथा संगीत रहेको गीतको भिडियो रिलिज कार्यक्रममा सौगात उपस्थित भएपनि सृष्टि भने काम बिशेषले अनुपस्थित थिइन् । ‘माछा माछा’ मा सौगात, विजय र अनोजका अलावा माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । चलचित्रमा तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा आधारित छ । चलचित्र रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् भने । शिवराम श्रेष्ठले खिचेका हुन् ।&nbsp;&nbsp;</p><pre style="text-align: justify; "><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/xtpDajDehxY" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>