पोष्टरमा दि कर्मा

आर्टिष्ट खबर/ कात्तिक, काठमाण्डौ ।

आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउते नयाँ नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रमा जय राज रायको लगानी छ भने देव कुमार श्रेष्ठले निर्देशन गरेका छन् ।

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।

भारतिय कलाकारको अभिनयका कारण पनि यो चलचित्रलाई चासोको रुपमा लिईएको छ । चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो ।

नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि यो चलचित्र रिलीज हुने बताईएको छ । हिमालयन बिजनेस ग्रुपले अष्ट्रेलियामा रिलीज गर्ने बताईएको छ भने एभरेष्ट बिजनेश ग्रुपले दक्षिण कोरियामा रिलीज गर्नेछ । त्यसैगरी जापान, हङकङ, थाईल्याण्ड, म्यानमार, मलेशिया, विभिन्न खाडी मुलुकहरुमा रिलीज पछि अमेरिका, बेलायत तथा यूरोपमा विभिन्न मुलुकहरुमा प्रदर्शन गरिने निर्माता श्रीदेवले बताए ।