अक्षरको ‘गुड न्यूज’ ट्रेलर

मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र ‘गुड न्यूज’ आउँदो २७ डिसेम्बरमा प्रदर्शनमा आउँदैछ । कलाकार अक्षय कुमार, करीना कपूर, दिलजीत दोसान्झ, कियारा आडवाणी लगायतको मुख्य भूमिका रहेको यो चलचित्र आइभिएफ टेक्नोलजीमा आधारित छ । यसका साथै यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।

‘गुड न्यूज’ को कहानी दुई कपल (बत्रा भर्सेस बत्रा) को हो । दुबैले बच्चाका लागि विट्रो फर्टिलाइजेशन आइभिएफ टेक्नोलजीको सहारा लिन्छन् । दिलजीत–कियारा, अक्षय(करीनाको गुडन्यूजको बीच निकै ठूलो कन्फ्यूजन हुन्छन् । अस्पतालमा दुबै कपल्सको सरनेम बत्रा भएका कारण स्पर्म मिक्स अप हुन्छ । करीनामा दिलजीतको र कियारामा अक्षयको स्पर्म ट्रान्सफर हुन्छ ।

स्पर्म मिक्स अप भएपछि हुने बबालमा फिल्म केन्द्रित छ । यूनिक सब्जेक्टमाथि आधारित भएर बनेको फिल्मको ट्रेलर कमिक एलिमेन्टबाट भरिपूर्ण छ । दिलजीत दोसान्झको पञ्च दमदार छ । उनको उपस्थिति मात्र पनि हँसाउनका लागि काफी छ । प्रेग्नेन्सीको कन्फ्यूजनबाट भरिएको फिल्ममा करीना(अक्षयको केमेस्ट्री सानदार छ । वर्षौपछि दुईले चलचित्रमा काम गरेका हुन् ।

ट्रेलर हेरेपछि दर्शकले चलचित्र स्टर भनेका छन् । कमेडी ड्रामा ‘गुड न्यूज’ मा दिलजीत दोसान्झ र कियारा आडवाणीले महत्त्वपूर्ण भूमिका निभाएका छन् । पहिलो पटक अक्षय कुमार र दिलजीत दोसान्झले स्क्रिन साझेदारी गरेका हुन् । करीना र दिलजीतले भने यसअघि चलचित्र ‘उडता पञ्जाब’ मा काम गरेका थिए ।