सृष्टिलाई सिफारिस गर्दैनन् सौगात

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रका नायक सौगात मल्ल र पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ प्रेममा छन् । यी दुईको प्रेमसम्बन्ध लगभग चलचित्रक्षेत्रलाई नजिकबाट नियाल्ने दर्शकलाई पनि थाहा छ । यी दुईले प्रेमसम्बन्धबारे लगभग खुलेरै बोल्ने पनि गरेका छन् । पछिल्लो समय यो जोडी पर्दामा पनि सँगै देखिन थालेका छन् । एकपछि अर्को चलचित्र तथा गीतसंगीतका भिडियोमा सँगै देखिदा एकअर्काकै प्रस्तावमा चलचित्र मेकरले भिडियोमा उतारेका त छैनन् भन्ने जिज्ञासा बढ्दै पनि गएको छ ।

आउँदो कात्तिक २९ गतेबाट चलचित्र ‘माछा माछा’ प्रदर्शनमा आउँदैछ । यसै चलचित्रमा समावेश ‘म्याडम म्याडम’ बोलको गीत सोमबार एक कार्यक्रमका बिच सार्वजनिक गरियो । जुन भिडियोमा सौगात र सृष्टिको नृत्य छ । कार्यक्रममा उपस्थित सौगातले पछिल्लो समय एकपछि अर्को गर्दै चलचित्रमासँगै देखिनुलाई चलचित्र मेकरको हात रहेको बताउँछन् । उनले सृष्टिलाई आफूले काम गर्ने चलचित्रमा सिफारिस नगरेको बताउँछन् । सौगातले यसअघिका पत्रकार भेटघाट कार्यक्रममा पनि यस्ता प्रश्नको उत्तर दिइरहेका हुन्छ । सृष्टिलाई कामकै लागी सिफारिस नगर्ने तर सँगै काम गर्दा रमाइलो लाग्ने प्रतिक्रिया दिन्छन् । सौगात र सृष्टिले अभिनय गरेको पछिल्लो चलचित्र ‘पोइ प¥यो काले’ हो । यस्तैख यसअघि दुईले चलचित्र‘मासु भात’ मा काम गरेका थिए । उनीहरु चाँडै निर्देशक मधुसुदन भट्टराईको चलचित्र ‘सँग सँगै’ मा पनि काम गर्दैछन् ।

अहिले सार्वज्निक माछा माछाको गीतको भिडियोमा सौगात र सृष्टिसँगै विजय बराल र अनोज पाण्डेले साथ दिएका छन् । गीतका गायक र संगीतकार अनुपम शर्मा हुन् । ‘माछा माछा’ मा सौगात, विजय र अनोजका अलावा माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । चलचित्रमा तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा आधारित छ ।

चलचित्र रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् भने । शिवराम श्रेष्ठले खिचेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सहनिर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ । यस्तै चलचित्रमा दयाहाङ अतिथी भूमिकामा छन् ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)