सोझि स्वस्तिमा दोधारमा

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

कुनै चलचित्र यस्तो लक्की हुन्छन् जसले बारबार सिरिज बन्ने मौका पाउँछन् । चलचित्र बनाउनेक्रममा निर्माता तथा निर्देशकले नसोचेको सफलता हाँसिल गर्छन् । यस्तै आजभन्दा सातबर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट’ नहेरेको वा नसुनेको मान्छे कमै होलान् । फरक कथामा निर्माण भएको चलचित्रले चर्चा निकै कमायो । त्यसपछि उक्त चलचित्रको अर्को सिरिज पनि बन्यो तर दोस्रो सिरिजले पहिलो सिरिज जस्तो चर्चा कमाउन सकेन ।

पहिलो सिरिजमा काम गरेकी अभिनेत्री विनिता बराल त्यसै चलचित्रबाट चिनिइन् । त्यसै चलचित्रले गर्दा थुप्रै काम पाइन् । अहिले त्यसै चलचित्रको तेस्रो सिरिज निर्माण सुरु भएको छ । मंगलबार काठमाडौंको बुङमती र खोकना गाउँको बीचमा अवस्थित कार्य विनायक मन्दिरमा स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गरेर मुहूर्त गरिएको चलचित्रमा पछिल्लो समयकी चर्चित नायिका स्वस्तिमा मुख्य आकर्षकको रुपमा देखिएकी छिन् । केहि समय अघि घोषणा कार्यक्रममा पनि स्वस्तिमाको भूमिकालाई लिएर चर्चा भएको थियो । स्वस्तिमा यो चलचित्रका लागी कस्तो भूमिकाका लागी तयार भइन् होला भन्ने जिज्ञासा दर्शकमा पनि छ । किनकी पहिलो सिरिज हेरेका दर्शकले नायिका बिनिताको भूमिका पक्कैपनि स्मरण गर्नेछन् । के त्यस्तै भूमिकाका लागी स्वस्तिमा तयार भइन् होला त ? बुझिए अनुसार बढी ग्ल्यामर सिन भएका दृश्य हटाएपछि मात्र स्वस्तिमा चलचित्रका लागी तयार भएकी छिन् तर चलचित्र टिम अथवा नायिका स्वस्तिमाले आधिकारीक रुपमा यो बिषयमा बोलेकी छैनन् ।

एक महिनाको सुटिङ तालिका तय गरेर मंसिर ५ गतेबाट छायांकन सुरु हुने भनिएको यो चलचित्रको मुर्हुत कार्यक्रममा स्वस्तिमाले चपली हाइट ३ को भूमिकालाई लिएरै आँफै दोधारमा परेको बताइन् । यसभन्दा अघिका भूमिका जस्तो यो चलचित्रमा नभएको र नयाँ भूमिकाका लागी केहि दोधारमै रहेको प्रतिक्रिया दिइन् । उनी भन्छिन् ‘चलचित्रलाई लिएर उत्साहित छु तर मैले यसअघि सस्पेन्स–थ्रिलर चलचित्र गरेको थिइनँ । मेरो लागि यो नयाँ जनरा हो । यसले गर्दा पनि मेरो क्यारेक्टरलाई लिएर कन्फ्यूजन भैरहेको छ । फ्लोरमा गएपछि ‘स्मुथ’ हुन्छ भन्ने विश्वास छ ।’ चलचित्रमा स्वस्तिमा सोझि युवतीको भूमिकामा छिन् ।

महूर्त समारोहमा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र सुपुष्पा भट्ट, अभिनेता आमिर गौतम, नव–अभिनेता द्वय महेश त्रिपाठी र प्रतिक श्रेष्ठसँगै निर्माता अर्जुन कुमार, निर्देशक निकेश खड्कालगायत उपस्थित थिए । निर्माता अर्जुनले अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको बताए । तर, फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ ।

‘चपली हाइट’ सिरिजका भरपर्दा कलाकार आमिर गौतमले पुनः आफूलाई दर्शकमाझ चिनाएको सिरिजमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे । ‘चपली हाइट ३’ को स्क्रिप्ट एकदमै राम्रो रहेको उनको दाबी छ । त्यस्तै, अभिनेत्री सुपुष्पा ब्रान्ड बनिसकेको सिरिजमा काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर रहेको बताउँछिन् । फिल्मको स्क्रिप्टले आफूलाई तानेको उनको भनाई छ । चलचित्र अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो ।