सुनिलको ‘जाम क्यारे माया’लाई १४ लाखको साथ

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा सार्वजनिक भएको ‘जाम क्यारे माया’ले माया बटुलिरहेको छ । गएको ७ नोभेम्बरमा युट्युवमार्फत सार्वजनिक गरिएको यो गीतले अहिलेसम्म १४ लाख बढी भ्युज पाइसकेको छ भने ३३ हजार बढी लाइक र २४ सय बढी प्रतिक्रिया आएका छन् । यसरी पछिल्लो समय सार्वजनिक भएका गीतहरुको तुलनामा यो गीतलाई दर्शकले छोटो समयमा धेरै हेरेका हुन् ।&nbsp;</p><p style="text-align: justify; ">सुनिलको फरक कौरा गीतमा आफैले शब्द भरेका छन् । गीतको भिडियोमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवायुवतीको ब्यङ्ग्यात्मक शैलीलाई देखाइएको छ । भिडियोमा सुनिल स्वयंम र मोडल उर्मिला गुरुङका साथ देखिएका छन्। मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायाँकन रहेको भिडियो पवन सिम्खडाले सम्पादन गरेका हुन् ।</p><p style="text-align: justify; ">सुनिलले छोटो समयमै गीतलाई दर्शक तथा स्रोताले मन पराएकोमा खुसी ब्यक्त गरेका छन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/2Kh0FVqw1nU" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>