सकियो दोस्रो सुर्य इन्टरनेसनल अवार्ड

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

‘सुर्य इन्टरनेसनल अवार्ड’को दोस्रो संस्करण जापानको टोकियोमा सम्पन्न भएको छ । तीनसय बढीको उपस्थिती रहेको अवार्ड समारोहमा नेपालबाट टोकियो पुगेका दर्जनौं नेपाली कलाकारले अवार्ड हात पारे ।

गएको आइतबार साँझ सम्पन्न अवार्ड समारोहमा  हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुर्य रत्न सम्मान प्रदान गरिएको थियो । यस्तै वरिष्ठ अभिनेता निर विक्रम शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । कलाकार तथा विमान चालक विजय लामालाई ‘सुर्य कलाकारिता सम्मान’ प्रदान गरियो भने दुई दशक लामो समय कला पत्रकारितामा सक्रिय पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीलाई यसपटकको ‘सुर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । सुवेदीलाई २५ हजार (जापनि एन ) सहित पुरस्कार दिइयो ।

त्यस्तै पपुलर फिल्म छक्का पान्जा ३, पपुलर फिल्म निर्देशक सोहि फिल्मबाट दीपा श्री निरौला, पपुलर एक्टर क्याप्टेन फिल्मबाट अनमोल केसी, एक्ट्रेस साम्राज्ञी आरएल शाह, पपुलर सह अभिनेता चंगा चेटबाट बुद्धि तामांग र सह अभिनेत्री गोपीबाट बर्षा राउतले अवार्ड प्राप्त गर्न सफल भए ।

आधुनिक गीत तर्फ दर्शन नमस्ते भाग ५ बाट राजेश पायल राईले अवार्ड प्राप्त गरे । त्यस्तै पिरिम नलाउनेबाट गायिका मेलिना राई, पप गीतमा गायक संजय पराजुली र गायिका टिका प्रसाईं गीत कर्के नजरमार्फत अवार्डबाट सम्मानित भए ।  लोक गीतबाट गायक कुलेंद्र बिक र गायिका मन्जु पौडेलले अवार्ड हात पारे । यस्तै बेस्ट क्रिटिक्स अवार्ड अन्तर्गत फिल्म प्रसाद, अभिनेता बिपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ बने । फिल्म गोपी मार्फत निर्देशक दिपेन्द्र लामालाई अवार्ड प्रदान गरियको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विजय लामा, अनमोल केसी, भुवन केसी, सरिता लामिछाने, रिषि लामिछाने, समीर बलामी, मिरा स्याम्बो, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, स्वेता खड्का, दिपा श्री निरौला, राजश पायल राई, बर्षा राउत, कमल खत्री, बुद्धि तमाङ्ग ( हैट), सन्दिप क्षेत्री, मञ्जु पौडेल, टिका प्रसाई, दिपेन्द्र लामा, रोहित अधिकारी, सुवास थापा, नरेश भट्टराई, लक्ष्मण सुवेदी, शुशिल पौडेल, प्रदिप कार्की, सुमन गिरी भान्जा, श्रीधर पौडेल, कुवेर डंगोल, विजय बस्याल लगायतका ६२ जनाको टोली अन्तर्गत चलचित्रकर्मी एबम संगीतकर्मी , पत्रकार र आगन्तुक पाहुनाहारुको उपस्थिति रहेको थियो ।