प्रेम परियार अब फिल्मको नायक

आर्टिष्ट खबर/ मंसिर, तुलसीपुर ।

पाँचबर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘नाई नभन्नु ल २’मा समावेश ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीतमा स्वर दिएर चर्चा कमाएका बाल गायक प्रेम परियार अब चलचित्रको अभिनयमा पनि होमिएका छन् । ‘मर्ने कसैलाई रहर हुँदैन’ र ‘यी आँखामा तिमी छौं’ बोलको गीत हिट भएपछि उनको चर्चा पनि चुलिएको थियो । उनले पनि त्यसै चलचित्रको अन्य सिरिज र अर्को चलचित्र लाटीको गीतमा पनि स्वर दिए । पछि उनलाई थुप्रै अफर आए तर उमेर परिवर्तनका कारण उनले धेरै बालगीत भने गाउन पाएनन् ।

अहिले प्रेम वयस्क अवस्थामा छन् । उनलाई चलचित्रकालागी पनि अफर आइरहेका छन् । यसैबिच आफ्नो अभिनय गर्ने इच्छा पनि गायक प्रेमले पुरा गर्ने भएका छन् । नयाँ चलचित्र ‘पर्खि बसे फर्की आउनेछु’मा उनी नायकको रुपमा देखिदैछन् । सोमबार दाङको तुलसीपुरमा उनले अभिनय गर्ने यस चलचित्रको शुभ मुहर्त सम्पन्न भयो । प्रेमले आफूलाई निकै खुसी लागेको बताए । गायनमा सफल बनेका प्रेमले सानै देखि चलचित्रमा देखिने रुचि रहेको र चलचित्र ‘पर्खि बसे फर्की आउनेछु’को कथा मन परेकोले आफुले काम गरेको बताए । यस्तै प्रेमसँग समिक्षा बस्नेतले पनि चलचित्रमा अभिनय गर्नेछिन् । पहिलो पटक चलचित्रमा देखिन लागेकी समिक्षाले आफुलाई चलचित्रमा पहिले देखि नै रुचि भएको र एउटा अपांग व्यक्तिले भोग्नु परेको दुख पिडालाइ देख्दा र सुन्दा उनीहरुको पिडालाइ अभिनय मार्फत महसुश गर्न पाउने भएकोले यो चलचित्रमा काम गर्न लागेको बताइन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्रको दाङबाटै छायांकन सुरु गरियो । मुर्हुत कार्यक्रममा पुर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रि दिपक गिरिको उपस्थिती रहेको थियो भने कलाकारमा प्रेम र समिक्षासँगै देव सागरपनि सहभागी थिए ।

रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेम राज बिक कार्यकारी निर्माता रहेका छन् । यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम परियार, समिक्षा बस्नेत र देव सागरको साथमा पदम तामाङ,सुशील गौतम,सुशील पोखरेल, दिपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज बिसी लगाएतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा कविराज गहतराज,रामजी लामिछाने,राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ । चलचित्रमा बसन्त सापकोटा, एलिस कार्की, कृष्ण भारद्वाज र कर्साङ्ग लामाको संगीत रहनेछ । चलचित्रलाई अरुण सुनारले छायांकन गर्नेछन् । चलचित्रमा सानु कुमार महर्जनको द्वन्द रहेको छ ।