मोफसल प्रचारमा ‘प्रेम संसार’

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

यहि मंसिर २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ मोफसल प्रचारमा छ । राजधानी बाहिरका बिभिन्न मुख्य शहरमा चलचित्रको प्रचारका लागी चलचित्रका केहि कलाकारसँगै निर्माण टिम जुटेको छ ।

चलचित्रका कलाकार तथा निर्माता  प्रेम बहादुर सुनारले चलचित्र टिम मोफसलका मुख्य पाँच शहर, बुटवल, भैरहवा, पोखरा, चितवन र हेटौडाका लागी निस्किएको दिए । चलचित्र टिम मंसिर को १४ र १५ गते बुटवल र भैरहवामा कार्यक्रम सकेर अहिले पोखरामा छ । बिभिन्न कलेज, स्कुल तथा मुख्य स्थानमा साँस्कृतिक कार्यक्रम गरेर चलचित्र बारे दर्शकलाई जानकारी गराइएको निर्माता प्रेमले आर्टिष्ट खबरलाई जानकारी दिए । ‘दर्शकलाई यो चलचित्र आउँदैछ भन्ने जानकारी दिनु जरुरी छ, त्यसैले मुख्य शहरहरुमा केहि कार्यक्रम गर्दै हिडेका छौं ।’ प्रेमले भने । मोफसलमा निर्माता प्रेमसँगै मोडल रेखा राईसँगै अन्य कलाकारहरु पनि रहेका छन् ।

सोनी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यो चलचित्र राम गौतमले निर्देशन गरेका हुन् भने चलचित्रमा निर्माता प्रेमकै कथा रहेको छ । चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । चलचित्रमा प्रेम र मोनिकादाहालको मुख्य भूमिका रहेको छ । यस्तै आयुष्मा कार्की, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि।कलगायतका कलाकारहरुको पनि अभिनय छ । दिपेन्द्र बस्न्यातले चलचित्र खिचेका हुन् । कमल सुनार र सीता सुनार पनि निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् । चलचित्रमा शंखर महर्जनको एक्सन छ ।