अमेरिकामा निर शाहलाई चलचित्र शिरोमनी अवार्ड

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

अमेरिकामा चौथो ग्लोबल नेपाली फिल्म अवार्ड सम्पन्न भएको छ । सान फ्रन्सिस्को बे एरियामा सम्पन्न अवार्ड समारोहमा चलचित्र शिरोमनी लाइफटाइम अवार्डको सम्मानबाट बरिष्ट अभिनेता निर्देशक तथा निर्माता निर शाहलाई सम्मानित गरियो । यस्तै लोकनायकको सम्मानबाट शिव श्रेष्ठ, युग नायक सम्मान भुवन केसी, दशकका माहानायक सम्मानबाट राजेश हमाल सम्मानित भएका थिए । संगीत महरथी सम्मानबाट सम्भुजीत बास्कोटा सम्मानित भए ।

नेपाली चलचित्र जगतमा ख्याती आर्जन गरेका सुप्रसिद्द कलाकार र सर्जकहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा सय बढी कलाकार र हजार को हाराहरीमा दर्शकहरुको सहभागीताले हल भरिएको थियो । आफ्नै नाम, शान र पहिचान बोकेर नेपाली सिनेमा गाउँ देखी बिश्वसम्म भन्ने नाराका साथ गरिएको कार्यक्रममा चलचित्रकर्मिहरु, गायक, गायिका तथा संगीतकारको योगदानलाई बिसिष्ट ब्यक्तीत्वहरु माझमा सम्मान् गरिएको थियो ।

श्री गेहेन्द्र धिमाल स्मृति सम्मानबाट निर्देशक उज्वल घिमिरे सम्मानित भएका थिए भने श्री राम केशर बोगटी स्मृति सम्मानबाट नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा नायक रबिन्द्र खड्का भएका थिए । डिरेक्टर अफ दि इअर अवार्डबाट निर्देशक दीपाश्री निरौला सम्मानीत भएकी थिइन् भने फिल्म अफ दि इअरबाट छक्का पन्जा ३ चलचित्रले अवार्ड जित्न सफल भएको थियो  ।

स्टार अफ दि इएर (मेल) आवर्डको सम्मान नायक अनमोल केसीले हात पार्न सफल भएका छन् त्यसैगरी स्टार अफ दि इएर (फिमेल) अवार्ड  सम्मानबाट नायिका नम्रता श्रेष्ठ  पर्न सफल भईन। सपोर्टिङ एक्टर अफ दि यिएर आवर्ड्बिक्रान्त बस्नेत बस्नेतले पाए । गायिका अन्जु पन्तलाई बर्षकै उत्कृष्ट गायिकाको अवार्ड प्रदान गरिएको थियो ।

ग्लोबल नेपाली फिल्म डाएस्पोरा अवार्ड बाट निर्देशक सुरज सुब्बा नाल्बो, नायिका पूजा चन्द र नेपाली चलचित्र भैरे ले अवार्ड जित्न सफल भए । जुरी अवार्डबाट नायिका बर्षा राउत र दिपिका प्रसाईं सम्मानित भए भने निर्देशन तर्फ निर्देशक दिवाकर भट्टराई जुरी अवार्ड प्राप्त गर्न सफल भए ।

कार्यक्रममा नायक सुशिल क्षेत्री, नायिकाहरु श्वेता खड्का, पूजा चन्द, बर्षा राउत, केकी अधिकारी, दिपिका प्रसाईं र स्थानिय कलाकारहरुको नृत्य तथा हास्य ब्यङ्ग्यकार सैलेन्द्र सिम्खडाको प्रस्तुतीले कार्यक्रम झनै मनोरन्जनले भरिपूर्ण भएको थियो ।

चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह आयोजनामा सान फ्रन्सिस्को बे एरियामा भब्यताका सम्पन्न भएको छ ।