अझै धेरै गर्न बाँकी छ: बिजय बराल

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

कलाकार बिजय बरालले आफूले अभिनयको यात्रामा अझै धेरै गर्न बाँकी रहेको बताएका छन् । आउँदो शुक्रबारबाट उनी अभिनित चलचित्र ‘माछा माछा’को प्रमोशनको समयमा हिमालय टाइम्ससँग कुरागर्दै उनले अभिनयको धेरै खुड्किला पार गर्न बाँकी रहेको बताए ।

‘कबड्डी, मिस्टर झोले, हुर्रे’ लगायतका सफल चलचित्रमा काम गरेका बिजयले अहिले काम गरेको ‘माछा माछा’मा आफ्नो भूमिका पृथक भएको बताउँछन् । यसअघि दर्शकले देखेको भूमिकामै देख्छन् कि यो चलचित्रमा फरक भूमिका पाउँछन् भन्ने हाम्रो प्रश्नमा बिजयले केहि फरक भूमिका देख्न पाइने जानकारी दिए । यो चलचित्रमा अभिनेता दयाहाङ राईको लगानी रहेको छ । धेरै चलचित्रमा दयाहाङसँगै अभिनय गरेका बिजयलाई तपाई पनि कहिले निर्माता बन्ने भनेर प्रश्न गरेका थियौं । उनी भन्छन् ‘म अभिनयमै रमाउने मान्छे, मैले अझै धेरै गर्न बाँकी छ जस्तो लाग्छ । दयादाईहरुबाट केहि सिक्दैछु ।’

कलाकार बन्ने सपना बोकेर काठमाडौं आएका बिजयसन् २००९मा थिएटरमा आबद्ध भएका थिए । सोहि बर्ष (२००९) मा उनले खेलेको पहिलो नाटक अन्धो युग हो । त्यसपछि उनले चरनदास चोर, डिग्री माइला, मित ज्यू, विल गेट्स पण्डित लगायतका नाटक खेले । उनले २०७४ सम्म आइपुग्दा २५ भन्दा धेरै नाटक खेलिसकेका छन् । बिजयले ‘छड्के, साँगु, मौन, साँगुरो, कबड्डी, कबड्डी कबड्डी, मिस्टर झोले’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

Video: Click Here