फ्राइडे रिलिजः हलमा ‘माछा माछा’ र ‘माया पिरिम’

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

आजबाट दुई नेपाली चलचित्र ‘माछा माछा’ र ‘माया पिरिम’ प्रदर्शनमा आएका छन् । अन्य दुई बिदेशी चलचित्रसँगै यी दुई नेपाली चलचित्रले क्युएफएक्स चेनमा जम्मा २१ शो पाएका छन् । अर्थात ‘माछा माछा’ले १६ र ‘माया पिरिम’ले ५ शो पाएका छन् ।

सौगात मल्ल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको ‘माछा माछा’ले ‘माया पिरिम’ले बढी शो पाएको छ तर प्रदर्शन भइसकेपछि दर्शकको संख्या बढ्ने अनुमात देखियोभने शो बढ्ने अनुमान लगाउन सकिन्छ । ‘माछा माछा’मा अभिनेता दयाहाङ राईको पनि लगानी रहेको छ । यो उनले पहिलो पटक निर्माण गरेको चलचित्र हो । चलचित्रमा उनको अभिनय भने छैन । दयाहाङले माछा माछाको कथा मन परेकोले लगानी गरेको बताएका छन् । चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्की सहनिर्माताको रुपमा छन् ।

यस्तै सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको माछा माछामा सौगात मल्ल, नम्रता श्रेष्ठ, बिजय बराल, अनोज पाण्डे, मौत्यसे गुरुङ, प्रबिन खतिवडा, सरिता गुरुङ, भोलाराज सापकोटा, पुस्कल गुरुङ लगायतको अभिनय रहेको छ । बुधबार गरिएको ‘माछा माछा’को प्रिमियर शोमा सकारात्मक प्रतिक्रिया आएको थियो । विशेषगरी प्रिमियरमा चलचित्रको कमेडी पार्टलाई निकै रुचाइएको छ ।

यस्तै ‘माया पिरिम’मा कोशिश क्षेत्री, जयनन्द लामा, कालु राना लगायतको अभिनय रहेको छ । केहि समय अघि सार्वजनिक यसै चलचित्रको गीतमा नायक सलोन बस्नेत, नायिका अन्जली अधिकारीको फिचर्ड रहेको थियो । गीतमा लेखु सहयात्रीको शब्द, कोशिश क्षेत्रीको संगीत तथा लेखु सहयात्री र बिन्दु परियारको गायन रहेको छ । चलचित्रका निर्देशक टेक पौरखी राई हुन भने सबिन अधिकारी र प्रबिन थापा निर्माता रहेको चलचित्रको कथा सबिन अधिकारीको रहेको छ । निर्देशक राईले यो भन्दा अघि चलचित्र ‘मट्टी माला’ निर्देशन गरेका थिए । राईले ‘माया पिरिम’बाट ठूलो आशा लिएको बताउँछन् । यस पटक पनि चलचित्रमा कुनै कमि हुन नदिएको बताए । उनले माया पिरिम दर्शकले एकपटक हेर्नै पर्ने चलचित्र बनेको बताउँछन् ।

(समाचार हिमालय टाइम्समा प्रकाशित छ)