पाँचौं कामना फिल्म अवार्डमा ३२ बिधा

आर्टिष्ट खबर/ मंसिर काठमाडौं ।

काठमाडौं । कामना फिल्म अवार्डको पाँचौ संस्करण आउँदो पुस १९ गते शनिवार सम्पन्न हुने भएको छ । बिगत पाँचबर्ष देखी सिने मासिक कामनाले आयोजना गर्दै आएको यस अवार्ड यसबर्ष पनि सिजी इन्टरटेनमेन्टसँग सहकार्य गरिएको छ । नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा आयोजना गरिने यस अवार्ड ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

यस वर्ष सिजी कामना फिल्म अवार्ड्समा गोदरेज नम्वर वन जोडिएसँगै यो अवार्ड गोदरेज नम्वर वन कामना फिल्म अवार्डस् २०७६ का रुपमा सम्पन्न हुनेछ । सिजी कामना फिल्म अवार्डस्मा गोदरेज नम्वर वन जोडिएसँगै यस वर्षबाट प्रतिस्पर्धात्मक २६ विधाबाहेक एसएमएस भोटिङका आधारमा गोदरेज नम्वर वन पपुलर च्वाईस अवार्डसमेत प्रदान गरिनेछ । गोदरेज नम्वर वन पपुलर च्वाईस अवार्डमा नायिकाहरु वर्षा राउत, सृष्टी श्रेष्ठ, साम्राज्ञी राज्य लक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तीमा खड्का मनोनयनमा परेका छन् ।

चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पु¥याउने एक÷एकजना फिल्मकर्मीलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्डसमेत प्रदान गरिनेछ। कामना फिल्म अवार्डस्मा एउटै विधामा १ जनाभन्दा बढी विजयी भए सो विधामा सामेल चलचित्रकर्मीलाई छुट्टाछुट्टै ट्रफी प्रदान गरिँदै आएको छ ।

उत्कृष्टता, पारदर्शिता र निश्पक्षता भन्ने नारालाई अंगिकार गरी आयोजना हुँदै आएको गोदरेज नम्वर वन कामना फिल्म अवार्डस् समारोहमा कुल ३२ विधामा अवार्ड प्रदान गरिनेछ । गोदरेज नम्वर वन पपुलर च्वाईस अवार्डसमेत कुल १५ लोकप्रिय विधामा दर्शकको एमएमएस भोटका आधारमा विजेता चयन गरिँदै आएको छ ।