दुबै अभिनेतालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रका दुई कलाकारलाई सोमबार राष्ट्रिय सम्मानका साथमा अन्त्येष्टि गरिएको छ । अभिनेता, निर्माता तथा चलचित्र बिकाश बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीलाई एकसाथ राष्ट्रिय सम्मानका साथ सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । नेपाल प्रहरीको एक टुकडीले दुबैलाई राष्ट्रिय सम्मान दिएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईलाई उनका १५ वर्षीय छोराले दागबत्ती दिएका थिए । भने, कलाकार क्षेत्रीलाई पनि छोराले दागबत्ति दिएका थिए । दुई दिनको अन्तरमा निधन भएका दुबै कलाकारको श्रद्धान्जलीका लागी सोमबार दिउँसो चलचित्र बिकाश बोर्ड प्रांगणमा राखिएको थियो । श्रद्धान्जली सभामा नेपाली चलचित्र तथा गीतसंगीत क्षेत्रका कलाकार, प्राविधिकहरुको उपस्थिती थियो । उनीहरुलाई श्रद्धाञ्जली दिनका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल पनि पुगेका थिए । यस्तै पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जलीका लागी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा पुगेका थिए ।

‘‘दुबै अभिनेता केशव भट्टराई र दीपक क्षेत्रीलाई सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा र रक्षामन्त्री इश्वर पोखरेलले पनि श्रद्धान्जली दिए । अभिनेता केशव भट्टराईलाई १५ बर्षिय छोराले दागबत्ती दिएका थिए ।’’

दर्जनौं नेपाली चलचित्रमा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्री गएको शनिबार आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए । श्रीमती मलेशियाबाट आइतबार दिउँसो मात्र नेपाल ओर्लिएका कारण उनको सोमबार पोष्टमार्टम गरेर अन्त्येष्टि गरिएको हो । उनी पछिल्लो पटक यस वर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए । त्यस्तै, निर्माता तथा कलाकार केशव भट्टराईको आइतबार साँझ १०ः३० बजे हृदयघातका कारण निधन भएको हो । उपचारका लागि काठमाडौंको चाबहिलस्थित ओम अस्पताल पु¥याउँदा उनको निधन भएको थियो । ५४ बर्षको उमेरमा निधन भएका उनले दर्जनौँ फिल्ममा अभिनयसँगै ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’ लगायतका फिल्म निर्माण पनि गरेका थिए ।

सोमबार चलचित्र क्षेत्रका कुनैपनि काम रोकिएको थियो । चलचित्र छायांकन, सम्पादन तथा अन्य कामलाई रोकिदिन चलचित्रकर्मिहरुले आग्रह गरेका थिए । बिशेषगरी स्वं दुबै अभिनेता इमानदार, काममा बफादार र नेपाली चलचित्र क्षेत्रमा ठूलो योगदान पु¥याएका कारणले पनि उनीहरुको मृत्युले धेरैलाई स्तब्ध बनाएको छ । गएको शनिबार आफ्नै घरमा मृत अवस्थामा भेटिएका दीपक क्षेत्रीको निधनले चलचित्र क्षेत्र स्तब्ध हुँदैगर्दै आइतबार राती चलचित्रक्षेत्रका अर्का अभिभावकको निधन हुँदा धेरैलाई केहिबेर पत्याउनै गाह्रो परेको थियो ।

यसैबिच प्रधानमन्त्री केपि शर्मा वलीले पनि सोमबार दिउँसो दुबै कलाकारलाई श्रद्धान्जली ब्यक्त गरेका छन् । एक टिवट् गर्दै वलीले लेखेका छन् ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जली ! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ सामाजिक सञ्जालहरुमा अझैपनि दुई अभिनेतालाई श्रद्धान्जली दिन रोकिएको छैन । चलचित्रकर्मि तथा अन्या दर्शकले श्रद्धान्जली दिइरहेका छन् ।

तस्बिरः आर्यन बिमलीबाट