‘नीरफूल’ फागुनमा सर्यो

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाली चलचित्र ‘नीरफूल’ भदौ २७ मा प्रदर्शन हुने भनिएको थियो तर चलचित्रको काम नसकिएको भन्दै निर्माण टिमले फागुन ३० को लागी अर्को प्रदर्शन मिति तय गरेको छ ।

चलचित्रको पोस्ट प्रोडक्सनको काम नसकिएको निर्माण पक्षबाट जनाइएको छ । भूकम्पका कारण विछोडिएको एक परिवारको प्रेमकथामा आधारित चलचित्र ‘नीरफूल’ सञ्चारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् ।

अभिनेत्री रेखा विशेष भूमिकामा छिन् भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यू चलचित्र हो । दयाहाङको जोडीको रुपमा देखिन लागेकी वाइबा सेलो थिएटरकी संस्थापक हुन् । मेलिना राईको ‘तिमीले बाटो फेर्यौ अरे…’ गीतको किड भर्सन कभर सङ गाएर युट्युबमा चर्चा कमाएकी बाल गायिका जिग्मे छ्योइकी घिसिङ दयाहाङको छोरीको रुपमा चलचित्रमा देखिँदैछिन् ।  चलचित्रको पटकथा निर्देशक वल स्वयं र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् ।