फेशन फेष्टिबलका लागी प्रतियोगी छनोट सुरु

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

ड्रिम सर्च एजेन्सीले आयोजना गर्ने ‘टिन एस ए एण्ड एम फेशन रनवे’का लागी प्रतियोगिको छनोट सुरु भएको छ । बालबालिका र युवा युवतीहरुमा लुकेर रहेको प्रतिभालाई फेशन शो मार्फत उजागर गर्ने उद्धेश्यका साथ आयोजना गरिने यो प्रतियोगीताका लागी प्रि किड्स, किड्स, प्रि टिन र टिनहरुको छनोट सुरु गरिएको हो ।

यसका लागि पहिलो चरणको अडिसनबाट १२ जना छनोट भएको इभेन्ट अर्गनाइजर फाउण्डर कमल निकोन क्षेत्रीले जानकारी गराए । उनका अनुसार काठमाडौं, भक्तपुर, इटहरी, धरान, विराटनगर, पोखराबाट ३५ जना छनोट गरिने छ ।ओपेरा रेष्ट्रो एण्ड ब्यानक्वेट बालुबाटार, काठमाडौंमा भएको पहिलो चरणको छनोटमा मिष्टर वल्र्ड नेपाल २०१९का अजयजंग रायमाझी, इथोज व्याण्डका विजय कँडेल, जिम प्रशिक्षक आशिस ढेवाजु निर्णयक रहेका थिए भने अतिथिहरुमा मिसेस टुरिजम एम्बेसडर २०१९ शिलाष्मा मल्ल, मिष्टर ग्लोबल टिम नेपाल २०२० साहिलजित चौधरीलगायतका रहेका थिए । छनोट चरणको कार्यक्रममा गायक प्रितम आचार्य र सुजन मार्फ तामाङले आ–आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगिताको कोरियोग्राफरमा सुमन खड्का रहेकी छन् भने हेयर एण्ड मेकअप स्पर्श व्युटी इन्स्टिच्युट भक्तपुर रहेका छन् ।

आगामी अप्रिल २५ तारिखमा थाइल्याण्डमा हुने यस इन्टरनेशनल फेशन फेष्टबलमा यो सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुने कमलले जानकारी गराए । उनकाअनुसार प्रतिस्पर्धीहरुलाई ट्रेनिङको लागि थाइल्याण्ड बाटनै प्रशिक्षक आउनेछन् भने अन्तर्रा्ष्ट्रिय मोडलसमेत सहभागी गराईने छ ।

सुपर मोडल, मेघा मोडल र फेशन मोडल जस्ता विभिन्न विधामा प्रतियोगिलाई सहभागी गराइने यो प्रतियोगिताका विजेतालाई विभिन्न अन्तर्राष्ट्रय प्रतियोगितामा सहभागी गराइनुका साथै म्युजिक भिडियो, वेव सिरिज, डकुमेन्ट्री, फिल्म, विज्ञापनलागयतमा सहभागी गराईने कमल निकोन क्षेत्रीले बताए । प्रतियागितामा ३.५ देखि १७ वर्ष उमेर समुहका बाल बालिकाले सहभागीता जनाउन सक्नेछन् ।